आवेदन फारम

राष्ट्रिय खाद्य बैंकको तेश्रो बृहत कृषि परियोजनाको उद्घाटन

  • Admin
  • २०७८ जेठ १४
राष्ट्रिय खाद्य बैंकको तेश्रो बृहत कृषि परियोजनाको उद्घाटन

काठमाण्डौ १२, जेष्ठ २०७८।
‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २ अर्ब लगानीमा खुलेको राष्ट्रिय खाद्य बैंकको पोखराको हेमजामा तेश्रो बृहत कृषि परियोजनाको उद्घाटन गरिएको छ । मंगलबार स्थानीयहरुको उपस्थीतिमा सो परियोजनाको उद्घाटन गरिएको बैकका अध्यक्ष शंकर उप्रेतीले बताए । बैकले अघिल्लो साता सोही स्थानमा आफनो शाखा कार्यालयको समेत विस्तार गरेको थियो । यसअघि खाद्य बैंकले बर्दिया र झापा जिल्लामा आफनो बृहत कृषि परियोजना उद्घाटन गर्नुका साथै सम्पर्क कार्यालय समेत विस्तार गरेको थियो । झापा र बर्दियामा खाद्य बैंकले झण्डै २ सय विघा जग्गा लिजमा लिएर कृषिको काम थालिसकेको छ ।
तेश्रो कृषि परियोजना उद्घाटन गरिएको पोखरा हेमजामा बैंकले हाल तत्कालका लागि ३५ रोपनी जग्गा लिजमा लिएर पाइलट प्रोजेक्ट सुरु गरेको अध्यक्ष शंकर उप्रेतीले बताए । बैंकले थप ३ सय रोपनी जग्गामा किसानहरुसँग सहकार्य गरेर कृषि गरिने उप्रेतीले बताए । सो परियोजना अन्र्तगत खासगरी आलु उत्पादनमा जोड दिइने बताइएको छ  । स्थानीयहको अभुुतपूर्व सहयोग र सक्रियतामै सो परियोजना अघि बढेको पनि अध्यक्ष उप्रेतीले बताए ।
अध्यक्ष उप्रेतिले भने–‘हाम्रा यी परियोजनाहरु पाइलट प्रोजेक्टको रुपमा अघि बढाइने छ । हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थीत खेती प्रणालीमा समाहीत गदै लैजान्छौ । साथै हाम्रै उत्पादन प्रणाली, मल–बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै बर्षबाट हामी खरिद पनि गछौ । ब्राडिङ गरेर यसै बर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याँउछौ’ ।
हेमजाबासीलाई राष्ट्रिय खाद्य बैंकले सुरु गरेको व्यवसायिक कृषि अभियान मन परेको र करिव ५ सय जनाले संस्थापक शेयर सदस्य बन्न तत्परता देखाएको पनि उप्रेतिले बताए ।
राष्टिय खाद्य बैङ्कमा हालसम्म ५ सय ९० प्रमोटर शेयर सदस्य छन् । त्यसलाई बढाएर एक हजार जना बनाउने बैकको तयारी छ । साथै आवश्यक मापदण्ड पूरागरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले बताएका छन् ।
कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैङ्क स्थापना भएकोले बैङ्कमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए।
बैङ्कले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम सुरु गर्ने तयारी गरेको र हाल कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देही सहित १३ जिल्लामा जग्गा लिएर उत्पादन सुरु गरिसकेकोले हाल झापा, मोरङ, सुनसरी लगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ।

 

Source:

सम्बन्धित पोस्टहरू