आवेदन फारम

के हो राष्ट्रिय खाद्य बैंक ? यसले के–के काम कसरी गर्छ ?

  • Rastriya khadya bank
  • २०८० पुस २९
के हो राष्ट्रिय खाद्य बैंक ? यसले के–के काम कसरी गर्छ ?

वाणिज्य बैंकहरू पैसासँग सम्बन्धित हुन्छन् । ब्लड बैंकहरू रगतसँग सम्बन्धित हुन्छन् । त्यस्तै, भूमि बैंकले भूमिसँग सम्बन्धित रहेर काम गर्छ । यी बैंकहरू बारे हामी धेरै जानकार छौँ नि । तर हामीमध्ये धेरैले नसुनेको बैंक हो, फुड बैंक । मुख्यतया खाद्य संकलन, प्रशाेधन, भण्डारण तथा बिक्रीमा केन्द्रित फुड बैंकको विश्वका धेरै देशहरूमा सफल अभ्यास रहेका उदाहरणहरू छन् ।

कृषि पेशामै करिब दुई दशक बिताएका शंखरनाथ उप्रेतीले नेपालमा कृषकले भोग्नुपरेका अफ्ठ्यारालाई नजिकबाट महसुस गरे । कुनै समय कृषि फाम सञ्चालन गरेका उनले कहिले सरकारबाट घोषित कृषि अनुदानका लागि दुःख भोग्नुपर्‍याे त कहिले कृषि बीमाबाटै ठगिनुपर्‍याे । खेतबारीमा उत्पादन भएका खाद्यान्नलाई बजार पुर्‍याउने क्रममा त उनी निराश नै भए ।

कृषि क्षेत्रमा रहेका समस्या बुझेसँगै उनलाई लाग्यो कि यसरी सामान्य रूपले नेपालमा कृषिमा काम गरेर नहुने रहेछ ।त्यसपछि उनमा नेपालभित्रको कृषिमा विद्यमान स–साना समस्याको समाधान गर्नुपर्छ भन्ने सोच पलायाे । शंखरले नजिकका साथीहरूसँग छलफल गर्न थाले । बिस्तारै कृषिविद् लगायतसँग जोडिएर छलफल गरे ।  थप पढ्नुहोस

सम्बन्धित पोस्टहरू