आवेदन फारम

हाम्रो बारेमा

राष्ट्रिय खाध्य बैंकको आबस्याक्ता किन?

  1. अर्ग्यानिक कृषि उपजहरु (Safe Food) उत्पादन गर्न।
  2. परनिर्भरता घटाउदै आत्म निर्भर हुन।
  3. कृषिउपज खरिद गर्दा बाहिर जाने रमकलाई देशभित्रनै राख्न।
  4. ब्यपक रुपमा रोजगारि श्रृजना गर्न।
  5. ब्यपक रुपमा उत्पादनमा गरि GDP मा योगदान पुर्याउन।
  6. कृषि र टुरिजम लाई जोड्न।
  7. पोषण युक्त खाद्य बस्तुहरु, फुड एन्ड न्युट्रिसन बारेमा आम जनसमुदाय माझ जानकारी दिलाउन ।
  8. इकोसिस्टमलाई बचाउदै, बाताबरणको संरक्षण गर्न ।
  9. कृषिको लागि चाहिने जन शक्ति उत्पादनमा गर्ने ।
  10. कृषि औजारको उत्पादन तथा ब्यबस्थापन गर्ने।
  11. देशबासीको खाध्य माग पुरा भए पछी बढि भएको कृषि उपजहरुलाई अन्तराष्ट्रिय बजारमा बिक्रि गरेर आम्दानि गर्ने ।

को को आबद्द छौ? को को मिलेर संचालनमा ल्याएका हौ?

कृषि बिज्ञहरु, कृषि प्रबिधिहरु, सहकारी संस्थाहरु, प्रा. लि. कम्पनी हरु, कृषिमा लगानी गर्न ईक्षुक ब्यक्तिहरु, कोरिया, ईजरायल, जापन, चाईना, लगायतका ठाउँहरुमा गएर कृषिकाम सिकेर, पढेर आएका ब्यक्तिहरु मिलेर दुई अरब रकम बाट शुरु गरीएको हो । नेपालको ७७ जिल्लामा र ७५३ वटा स्थानिय तहमा काम गर्ने, उत्पादन, भन्डारण, बिक्री वितरण समेत आफैले गर्ने, ५९० जना मिलेर खोलिएको बैंक हो।

अहिले कहाँ, के के काम गरिरहेका छौ?

पाइलट प्रोजेक्टको रुपमा राष्ट्रिय खाद्य बैंक आफैले, किसान सँग, सहकारी, प्रा. लि. कम्पनीहरु सँग, समुहहरुसँग  मिलेर उत्पादनमाको काममा सरीक भई रहेको अवस्था हो। निम्न स्थानहरुमा निम्न तरिकाले कृषी कार्यहरु संचालन गरिरहेको छ ।

 (क) झापा, मोरङ, सुनसरीमा पाइलट प्रोजेक्टको रुपमा ५५ बिघा जग्गा भाडामा लियर झापा गौरादह नगरपालिका वडा नं २ दहजु र ७ ठकठकेमा काम भैरहेको छ। त्यसैगरि किशानसँग मिलेर ४०५ बिघामा लोकल बासमति धानको खेति गरिएको छ।

 (ख) पोखराको हेमजामा ३५ रोपनि जग्गा भाडामा लिएर पाईलट प्रोजेक्ट र ३१३ रोपनी जग्गामा किसानहरु सँग मिलेर जेठो बुढो धानको खेति भैरहेको छ।

(ग) बाके, बर्दिया, कैलाली, कन्चनपुरको पाइलट प्रोजेक्टको रुपमा बर्दियाको गुलरिया नगरपालिका ३ खैरिमा ६० बिघामा धानको खेति भैरहेको र ५०३ बिघामा किसान शीत सहकार्य गरेर धान खेति गरिरहेका छैं।

राष्ट्रिय खाध्य बैंक कसको लागि हो?

कृषि पेसालाई मर्यदित बनाउन, कृषि पेसालाई मनग्य आम्दानीको श्रोत बनाउन, स्वभिमानि र आत्मनिरभर भएर बाच्नको लागि सिकाउने यो बैंक हामी सम्पूर्णको हो ।

 १ गरिबिका रेखामुनि रहेका गरिब तथा निमुखा जन्ताहरुको लागि।

 २ श्रमजीवी  किसान हरुको लागि।

३ उत्पादनको काममा लागनु भएका तमाम जनसमुदायको लागि।

 ४ कषि बिषय अध्ययनरत बिज्ञ, विशेषज्ञ, प्रबिधिकहरुको लागि।

 ५ सबै प्रकारका ब्यक्तिहरु, आइटी, ब्यबस्थापन, कानुन, लेखा, फुड एन्ड न्युटेसनका, बन, माटो जलबायुका बिषयगत ज्ञान हासिल गरेका सबैजनाको लागि।

६ कृषि उपजले देशलाई आत्म निर्भर बनाएर, बाहिर जाने पैसालाई यहि राखेर देशलाई धनी बनाउने उद्श्य लियको हुदाँ सम्पूर्ण देशबासीलाई।

७ सहकारीहरु, कृषिकम्पनीहरु,समूहहरु उत्पादनको काममा लाग्ने सबैलाई ।

८ अर्ध द्क्ष जनसक्तिहरु जस्तै डाईभर, लोडर, मेल अप्रेटर, निफन्ने, केलाउने, प्याकेजिङ गर्ने, होमडेलिभरि दिने सबै जनालाई।

 ९  स्थाई कर्मचारीहरु, अस्थाई कर्मचारी ,दैनिक ,प्रति घन्टा कामगर्ने, ज्यला मज्दुरि गर्ने ब्यक्तिहरुका लागी ।

 १० (पछि अर्गानिक) अहिले  सेफुडको रुपमा प्रयोग गर्ने उपभोक्तहरु लाई ।

  ११ लगानीबाट धेरै प्रतिफल प्रप्त गर्न चहाने लगानीकर्ताहरुलाई, जस्तो राष्ट्रिय खाद्य बैंकमा प्रमोटर सेयरको रुपमा लगानी गर्ने ब्यक्तिहरुको लागी ।

राष्ट्रिय खाद्य बैंक द्वरा उत्पादकको काममा, पाइलट प्रोजेक्टबाट अरुलाई सिकाउदै, किसान, सहकारी, प्राईबेट कम्पनीहरु, समुहहरु, बाट उत्पादन गरीएको कृषिउपजहरुलाई बैंकको आफ्नो च्यानलबाट भन्डारण गरि, प्रसोधन , प्यकेजिङगरि बिक्रीवितरण गरिनेछ । विशुद्ध खाद्य सम्बन्धित काम गर्ने नेपालको पहिलो बैंक हो । एउटै  संस्थाले उत्पादन, भन्डारण र बिक्रीवितरण लगायतका सम्पूर्ण कार्य गर्नेहुदाँ  अरुकसैको भर परिरहनु परेन, बिचौलियाकाको आवस्यकता नरहने हुदाँ उत्पादकले पनी पूरा मूल्य पाउने र उपभोक्ताले पनी सुफत मुल्यमा खाध्यन पाउने उद्यश्यका साथ काम गर्ने पहिले बैंक ।

हाम्रो बारेमा