‘पोसिलो आहारका लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूलनाराका साथ हालै राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ । बैंक स्थापनाका लक्ष र यसले आमनागरिकमा पार्ने प्रभावका बारेमा धेरैलाई कुतूहलता हुन सक्छ । अझै बैंकको उद्देश्यका बारेमा आममान्छेमा पूर्णरूपमा जानकारी पनि भइसकेको छैन । बैंकले आममान्छेमा पुग्ने सेवा सुविधा र उद्देश्यका बारेमा बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीसँग सौर्य दैनिकका लागि गरिएको संक्षिप्त कुराकानीको सारसंक्षेप :
राष्ट्रिय खाद्य बैंक भनेर खोल्नुभएको छ, यसको आवश्यकता किन पर्यो ?
यो अत्यन्तै नयाँ कन्सेप्टेसहित खोलिएको बंैक हो । मैले विगतमा कृषिकार्य गर्दाको अनुभव, कृषि क्षेत्रको अवस्थाको विश्लेषणका आधारमा मैले नै जन्माएको बंैक हो । १६ वर्षभन्दा बढी व्यावसायिक प्रकृतिको कृषि गरेँ त्यसले मलाई धेरै कुराको ज्ञान दिलायो र केही सिक्ने मौका पनि दियो । अझ बृहत्तर ढंगले, मुलुकलाई एउटा खालको योगदान दिनुपर्छ भनेर अभियानकै रूपमा यस बैंक खोलेका हौँ । यसको बीज मैले रोपेको भए पनि अहिले थुप्रै साथीहरूले सेयर हालेर हामीसँग जोडिनुभएको छ । आजको खाद्य आवश्यकता पूर्ति गर्दै भोलिका युवा पुस्तालाई खाद्य सम्प्रभुता संरक्षण गर्न पोसिलो आहाराका लागि दीगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको हो । हामी यसलाई दह्रोसँग संस्थागत गर्न अहिले देशव्यापी दौडाहामा छौँ ।
यतिबेला यसले के के काम गरेको छ ?
यतिबेला हामीले यस बैंकले गर्ने काम के के हुन् भन्ने बारेमा अवधारण अघिबढाइसकेका छाैं । यो नेपालको पहिलो खाद्य बैंक पनि हो । तीन महिनाअगाडि मात्र यसको स्थापना भएको हो । यो नेपालको माटो, हावापानी सुहाउँदो बैंक हो । यसले खाद्यान्नसम्बन्धी काम गर्छ । किसानले उत्पादन गरेका बस्तु, भण्डारण, बिक्री वितरण, प्याकेजिङको काम आफैं गर्छ । धान, गहुँ, कोदो, फापर, माछा, मासु, जौ, गेडागुडी, दूध, जडीबुटी, फलफूल, चियाकफीजस्ता खाद्यान्न सबै यसले उत्पादन गर्छ ।
बैंकको स्थापना कति पुँजीबाट सुरु गर्नुभयो ?
दुई अर्ब रकमबाट यस बैंकको स्थापना गर्न लागेका हौँ । जुन पब्लिक सेयरबाट सञ्चालन गरिनेछ । एक हजार जना संस्थापक सेयर बनाउने हाम्रो लक्ष्य हो । त्यो लक्ष्य हामीले पूरा गर्न लागिसकेको अवस्थामा छौँ । खासमा यसप्रति आममान्छेमा चासो बढदै छ ।
यस बैंकको लक्ष्य, उद्देश्य र संगठनात्मक ढाँचाबारे प्रष्ट पारिदिनुहोस् न ?
कृषिउत्पादन र व्यापारमा जोडदिने हिसाबले यो स्थापना भएको हो । अहिले यस बैंकको केन्द्रीय कार्यालय काठमाडांै र सात वटै प्रदेशमा शाखा कार्यालयहरू खोल्दै छौँ । देशभरका सबै स्थानीय तहमा पुग्ने हाम्रो लक्ष्य हो । राज्यले परिकल्पना गरेको समृद्ध नेपाल बनाउने अभियानमा सहयोग गर्ने हाम्रा अभिप्रायः हुन् । आवश्यक ज्ञान, सीप, प्राविधिज्ञ, विउवीजन, मल, दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतका विज्ञहरूको सहभागितामा यस बैंक आफनो कार्यमा जुटेको छ । यसलाई आमकिसान र सरोकारवालासम्म पुर्याउन लागिपरेका छौँ ।
यस बैंकले आफैं मात्र कृषि उत्पादन गर्छ कि कृषकहरूलाई पनि प्रोत्साहन गर्छ ?
आफू पनि उत्पादन गर्छ र कृषकहरूलाई पनि सँगै लिएर हिँडने हाम्रो उद्देश्य हो । कृषिमा काम गर्ने, कृषि सहकारी, कृषिमा काम गर्ने प्राइभेट कम्पनी, नियामक निकायबाट स्वीकृत लिएका महिला, युवा, उपभोक्ता समूहहरूलाई सँगै लिएर जान्छौँ । कृषिमा आवद्ध भएका सबैलाई लिएर अगाडि बढ्ने हो । यस्तै बिउ, प्रांगरिक मलजस्ता किसानलाई आवश्यक बस्तु उत्पादन गर्ने, कृषकले उत्पादन गरेको सामानहरू खरिद गरिदिने र उनीहरूलाई प्राविधिक ज्ञान पनि दिन्छ । यसका साथै यस बैंकले अनुदानको काम पनि गर्छ । रैथाने बिउवीजन लोप हुने अवस्था रहेकाले त्यसलाई संरक्षण गर्ने काम पनि यस बैंकले गर्छ । थोरै ठाउँमा धेरै उत्पादन गर्ने र यस काममा अरूलाई पनि प्रोत्साहन गर्न काम यस बैंकले गर्नेछ । कृषिमा आधुनिकीकरण, कृषि र टुरिजमलाई जोड्ने काममा यसले सरोकारवालालाई सहयोग गर्नेछ । हामी कृषि पेसालाई सम्मानित, व्यावसायिक पेसा बनाउने काम गर्छाैं । अबका कृषक हलो जोतेर मात्रै होइन आधुनिक ढंगले उत्पादन गरी गाडी चढेर हिँडने गरी आर्थिक अवस्थामा पुर्याउन हामी लागिपरेका छौँ । यस्ता कार्य गर्दा बेरोजगारी हटने र आमयुवालाई रोजगारमा जोडन सकिन्छ भन्ने हाम्रो बुझाइ छ ।
यस बैंकलाई पुँजीगत रूपमा सरकारको पनि योगदान छ कि ?
अहिले यसमा सरकारको लगानी छैन । प्राइभेट सेक्टरको मात्रै लगानीमा हामीले सुरु गर्न लागेका हौँ । काम गर्दै जाँदा भोलिका दिनमा सबैसँग सहकार्य गर्दै जान्छौँ । त्यति बेला यसमा धेरै निकाय जोडिन सक्लान् ।
अहिले बैंकमा कति जनाको कार्य समिति रहेको छ ?
११ जनाको कार्य समिति हुन्छ । यसलाई पब्लिक लिमिटेडको कम्पनी नियमअनुसार सञ्चालन गर्ने भएकाले त्यसैअनुसार सञ्चालन हुन्छ । हाल सात जनाको समिति छ । हामीसँग अत्यन्तै धेरै विज्ञहरूको समूह छ । कृषिका धेरै विज्ञहरू हुनुहुन्छ । भन्नुपर्दा भोलामान सिंह बस्नेत धानको विज्ञ हुनुुहुन्छ । सबै विषयमा पिएचडी गर्नुभएका डाक्टरहरूको समूह छ । इजरायल, जापान, जर्मन गएर सिकेर आउनुभएका विज्ञहरू, बिएसीएजी गरेका विज्ञहरू पनि हामीसँग यो अभियानमा हुनुहुन्छ । सबैभन्दा माथि हामीलाई गाइड गर्ने टिम छ । यसका अलावा दुई सय जनाको अर्को एउटा विज्ञहरूको टिम छ सबै प्रकारको टिमले उत्पादनका काममा सरिक हुने गरी कार्यक्रम, योजना बनाएर लागिरहनुभएको छ । केही समयपछि नै यसको प्रतिफल देखिन्छ । कृषिका लागि यो नयाँ आयाम हो, नयाँक्रान्ति, नयाँ काम हो । हामी जसले उत्पादन गर्छ उसैले उपभोक्तासम्म पु¥याउँछ भन्ने मान्यतालाई स्थापित गर्न चाहान्छौँ । बाँझो बसेका जग्गामा उत्पादन सुरु गरी मुलुकलाई समृद्धि ल्याउने काम बैंकले गर्नेछ ।
यस बैंकले कृषकका हितका साथै अन्य के के काम गर्छ ?
अहिले हामीले दिनहुँ खानेकुरामा जुन खालको विषाक्त हुने गरेको छ त्यसलाई रोक्न यस बंैकको प्रयास हुन्छ । त्यसैगरी बैंकले सम्पूर्ण प्रकारको खाद्यान्य, गेडागुडी, हरिया तरकारी, दूध, अण्डा, माछामासु, फलपूmल, जडीबुटी, चिया आदि उत्पादन गर्ने र उपभोक्तासम्म पु¥याउने काम गर्छ । त्यस्तै कृषि अनुसन्धान पनि गर्छ । जसका लागि हामीले टिम नै खडा गरिसकेका छौँ । आधुनिक र अग्र्यानिक कृषि उत्पादनमा हाम्रो सबैभन्दा बढी जोड रहन्छ ।
यस बैंकले आफ्ना उद्देश्य बमोजिमका कामहरू एक्लै गर्छ कि अन्य संस्थाहरूसँग पनि सहकार्य गर्छ ?
खासगरी हामी सहकार्यमा नै आधारित भएर नै काम गर्छौं । कृषि कार्यमा लागिरहेका कृषिकम्पनीहरू, कृषि सहकारीहरू, कृषि संघसंस्थाहरू, गैरसरकारी संघसंस्थाहरूसँग उत्पादन र बजारिक सम्बन्धमा सहकार्य गर्दै अघि बढ्ने हाम्रो उद्देश्य हो । हामीसँग उद्देश्य र भावना मिल्नेसँग हामी सहकार्य गर्छौं ।