आवेदन फारम

RKBL ले अर्गानिक खाना वितरण गर्ने लक्ष्य राखेको छ |

  • Rastriya khadya bank
  • २०७९ कार्तिक १७
RKBL ले अर्गानिक खाना वितरण गर्ने लक्ष्य राखेको छ |

राष्ट्रिय खाद्य बैंकले उपभोक्तालाई अर्गानिक दैनिक उपभोग्य वस्तु उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । २०७७ मा स्थापना भएको बैंकले हाल २२ जिल्लामा कृषकसँग सहकार्य गरेर काम गरिरहेको छ भने झापामा १०५ बिघा र बर्दियामा ६५ बिघामा आफैँले धान, मकै र गेडागुडीलगायत वस्तु उत्पादन गरिरहेको छ। 

विषादी प्रयोग भएको दैनिक उपभोग्य वस्तु प्रयोग गर्न उपभोत्ताहरु बाध्य भइरहेको र बजारमा सहज एवम् सरल रुपमा उपलब्ध उत्पादन तथा आयातित दैनिक उपभोग्य वस्तुमा धेरै मात्रामा विषादी प्रयोग भइरहेको विषयलाई ध्यानमा राखेर खाद्य बैंकले अर्गानिक उत्पादनमा जोड दिएको हाे ।

बैंकले उत्पादन भएको अर्गानिक वस्तुहरु लोकन्थलीको खाद्य बैंक मार्टबाट बिक्री गरिरहेको छ । राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले कृषिमा देशलाई आत्मनिर्भर बनाउनका लागि खाद्य बैंकको स्थापना भएको बताए ।

उप्रेतीले भने, ‘कृषकको आलीदेखि उपभोक्ताको थालीसम्म अर्गानिक दैनिक उपभोग्य वस्तु पुर्‍याउने लक्ष्यले नै यो बैंक स्थापना भएको छ । कृषि क्षेत्रमा आवश्यक ज्ञान, सीप, बीउ, मलजलको व्यवस्थापन बैंकले गर्नेछ । किसानहरु, कृषि कम्पनी र कृषि सहकारी सहकार्य गरेर नै यो बैंक अगाडि जान्छ ।’

बैंकले पाइलट प्रोजेक्टका रुपमा जिल्लादेखि प्रदेशसम्मलाई समेटने छ । कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा विकसित गर्दै बैंकले छाडै आईपीओ पनि ल्याउने उप्रेतीले बताए ।

 

सम्बन्धित पोस्टहरू