आवेदन फारम

एकीकृत खेती प्रणालीअन्तर्गत धान खेती गर्दै राष्ट्रिय खाद्य वैंक

  • Admin
  • २०७८ जेठ १८
एकीकृत खेती प्रणालीअन्तर्गत धान खेती गर्दै राष्ट्रिय खाद्य वैंक

कृषिमा आधुनिकिकरण गरि आत्मनिर्भर मात्र हैन लक्षित समुदायको जिवनस्तर पनि उकास्न सकिन्छ भन्ने उदेश्यका साथ स्थापित राष्ट्रिय खाद्य बैंक लिमिटेडले आफ्ना बृहत कृषि परियोजनाहरुको काम सुरु गरेको छ । खाद्य वैंकको प्राथमिकतामा परेको अन्नवाली उत्पादन अन्र्तगत यतिखेर तराईका जिल्लाहरुमा धान खेतीलाई विशेष प्राथमिकतामा राखेर सोही अनुरुपका कामहरु गर्दै आइरहेको छ । बैंकले झापामा करिब ५० बिघा जमिनमा यस वर्षदेखि एकीकृत खेती प्रणालीअन्तर्गत धान खेती गर्न लागेको हो । धान खेतीका लागि बैंकले राम्रो उत्पादन दिने गुणस्तरीय बिउ ब्याड राखेको छ । गौरादह नगरपालिका वडा नं। ७ मा बैंकले करिब ५० बिघा जमिन लिजमा लिएर परियोजना सुरु गरेको हो ।

राष्ट्रिय खाद्य बैंकले आधुनिक कृषि उपकरण र गुणस्तरीय बिउबिजनका साथ बृहत्त कृषि परियोजनाहरु सञ्चालनलमा ल्याएको छ । बैंकले बर्दियाको गुलरिया नगरपालिकामा पनि धान खेतीका लागि ठूलो मात्रामा बिउँ ब्याड राखेको छ । गुलरिया ३ मा व्यवस्थित बिउँ ब्याड राखिएको हो ।

त्यहाँ उत्पादन हुने धान सुरक्षित गरी राख्नका लागि गोदाम घरको निर्माण कार्य पनि थालिएको छ । उत्पादन भएको धानलाई समयमै सुरक्षित रुपमा गोदाम घरमा राख्ने र गुणस्तर कम हुन नदिनका लागि बेलैमा गोदाम घरको निर्माण थालेको बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले जानकारी दिए ।

यस्तै वर्दियाको गुलरियामा पहिलो बर्ष ६० बिघा जमिनमा धान खेतीका लागि ठूलो मात्रामा बिउँ ब्याड राखिँसकेको छ ।

बैंकले कास्कीको हेम्जामा पनि कृषि परियोजना सुरु गरेको छ । हेम्जामा बैंकले जमिन भाडामा लिइ स्थानीय किसानसँग सहकार्य गरेर व्यवस्थित कृषि परियोजना अघि बढाएको बैंकका सञ्चालक इश्वर लुइँटेलले जानकारी दिए । हेम्जामा यस बर्ष स्थानीय ‘पोखरेली जेठोबुढो’ जातको धान खेती सुरु गरेको लुइँटेलले बताए ।

 

Source:

सम्बन्धित पोस्टहरू