आवेदन फारम

राष्ट्रिय खाद्य बैंकको आग्रह –किसानलाई खोप दिनुहोस्

  • Admin
  • २०७८ असार १
राष्ट्रिय खाद्य बैंकको आग्रह –किसानलाई खोप दिनुहोस्

राष्ट्रिय खाद्य बैंकले कोरोना कहरको प्रत्यक्ष असर किसानलाई समेत परेको भन्दै नेपाल सरकारलाई यस तर्फ ध्यान दिन सुझाएको छ । सोमबार राष्ट्रिय खाद्य बैंकका कार्यकारी निर्देशक शंकरनाथ उप्रेतीले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण कृषिजन्य वस्तु उत्पादन गर्ने किसानमा देखिएका समस्याहरुको समाधानमा सरकार साथै सम्बन्धीत निकाय गम्भिर बन्न माग गरेका छन् । जटिल अवस्थामा कृषि उत्पादनमा सरिक किसानलाई कोरोना खोप उपलब्ध गराउन विज्ञप्तिमा आग्रह गरिएको छ । खाद्यान्न अति आवश्यक वस्तु भएकाले निषेधाज्ञाको समयमासमेत कृषकले उत्पादन र बिक्री वितरण गरिरहेको जनाइएको छ ।


विज्ञप्तिमा भनिएको छ “अत्याधिक वर्षा हुँदा पनि मार खेप्नुपर्ने खडेरीले सुख्खा हुदा पनि मार खेप्नुपर्ने किसानहरुलाई बिउ तथा मलको सहज आपुर्ती नहुँदा, बजार ढुवानी सेवा नपाउदा चपेटामा पर्दै आएका छन्, यी समस्यालाई गम्भीरतापुर्बक लिई ठोस कदम चाल्न सम्पुर्ण सरोकार वाला निकायहरुलाई अपिल गर्दछौँ ।” “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ स्थापित बैंकले कृषि क्षेत्र र किसानको हक अधिकार संरक्षणका लागि पहल गर्दै आइरहेको छ । बैंकले झापा, बर्दिया, झापा कास्की लगायत २३ जिल्लामा हातेमालो गर्दै कृषि उत्पादनमा पाइलट प्रोजेक्ट सञ्चालन गर्दै आइरहेको छ ।

 

सम्बन्धित पोस्टहरू