आवेदन फारम

राष्ट्रिय खाद्य बैंकद्धारा किसानका समस्याप्रति गम्भीर बन्न सरकार समक्ष अपिल

  • Admin
  • २०७८ जेठ ३१
राष्ट्रिय खाद्य बैंकद्धारा किसानका समस्याप्रति गम्भीर बन्न सरकार समक्ष अपिल

राष्ट्रिय खाद्य बैंकले कोरोना महामारीले ब्याप्त किसानका समस्याप्रति गम्भीर बन्न नेपाल सरकार कृषि मन्त्रालय र सम्बन्धीत सबै सरोकारवाला निकाय समक्ष माग गरेको छ ।

राष्ट्रिय खाद्य बैंकका कार्यकारी निर्देशक शंकरनाथ उप्रेतीले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण कृषिजन्य वस्तु उत्पादन गर्ने किसानमा देखिएका समस्याहरुको समाधानमा ध्यान दिन आग्रह गरेका हुन ।

कृषि उत्पादनमा सरिक किसानहरुको संरक्षण बिना खाद्य संरक्षण हुन नसक्ने बताउँदै कृषि कर्ममा खटीएका किसानहरुलाइ कोरोना खोप लगाउन माग समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘अत्याधिक वर्षा हुँदा पनि मार खेप्नुपर्ने खडेरीले सुख्खा हुदा पनि मार खेप्नुपर्ने किसानहरुलाई बिउ तथा मलको सहज आपुर्ती नहुँदा, बजार ढुवानी सेवा नपाउदा चपेटामा पर्दै आएका छन्, यी समस्यालाई गम्भीरतापुर्बक लिई ठोस कदम चाल्न सम्पुर्ण सरोकार वाला निकायहरुलाई अपिल गर्दछौ ।’

खाद्यान्न अति आवश्यक वस्तु भएकाले राष्ट्रब्यापी निषेधाज्ञाको समयमा यसको बिक्री वितरणमा सबैले ध्यान दिए पनि वर्षायाम सुरु भएपनि यसको उत्पादनको क्षेत्रलाई ध्यान नदिएको खाद्य बैंकले जनाएको छ ।

“पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ स्थापित बैंकले कृषि क्षेत्र र किसानको हक अधिकार संरक्षणका लागि पहल गर्दै आइरहेको छ ।

बैंकले बर्दिया, झापा कास्की लगायत २३ जिल्लामा हातेमालो गर्दै कृषि उत्पादनमा पाइलट प्रोजेक्ट सञ्चालन गर्दै आइरहेको छ । आफ्नै च्यानल मार्फत उत्पादन, भण्डारण, प्रशोधन, प्याकेजिङ्ग, तथा बिक्री वितरण जस्ता कार्यहरु बैंकले गर्दै आइरहेको छ ।

सम्बन्धित पोस्टहरू