आवेदन फारम
  • [email protected]
  • नयाँ बानेश्वर, काठमाडौँ , नेपाल

राष्ट्रिय खाद्य बैंकको उत्पादन बजारमा

  • Rastriya khadya bank
  • २०७८ चैत ६
राष्ट्रिय खाद्य बैंकको उत्पादन बजारमा

राष्ट्रिय खाद्य बैंकद्वारा सञ्चालित RKB मार्टको Abhiyan News द्वारा समावेश गरेको कुराहरु RKBL को वेबसाइटमा उपलब्ध छ। हामी RKBL टोलीको तर्फबाट यस Abhiyan News का सम्पूर्ण Team लाई धन्यवाद दिन चाहन्छौं।

काठमाडौं । प्रांगारिक तथा रैथाने उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले करीब एक वर्षअघि २ अर्ब लगानीमा स्थापित राष्ट्रिय खाद्य बैंकले उत्पादित खाद्य वस्तु बजारमा ल्याएको छ । उत्पादित खाद्य वस्तु बैंकले काठमाडौंको बौद्धमा आफ्नै लगानीमा खोलेको ‘आरकेबी मार्ट’बाट शनिवारदेखि विक्री शुरू गरेको छ ।

बैंकले दाल, चामल, गेडागुडी, आटा लगायत खाद्यवस्तु विक्री गर्नेछ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै रैथाने उत्पादनमा जोड दिइएको बैंकले बताएको छ । शुरुआती चरणमा मेलम्ची बासमती, जेठो बुढो, कालानमक लगायत १० प्रकारका चामल, गहत, मास, मसुरो, रहरको दाल, मकै, कोदो तथा उवाको सातु, आलस, बदाम, ग्रीन टी, अग्र्यानिक घिउ, मह, खानेतेल, माछा, दूध, दहीसहित विभिन्न खाद्यवस्तुको विक्री शुरू गरिएको छ । अब चाँडै कलंकी र लोकन्थलीबाट समेत विक्री प्रारम्भ गरिने बताइएको छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकालाई मात्र लक्षित गरेर उत्पादन विक्री शुरू भए पनि विस्तारै देशभर पुर्‍याउने बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । उनका अनुसार यस वर्ष बैंकले देशका विभिन्न जिल्लामा उत्पादन गरेका खाद्य वस्तु आफैले विराटनगर, बर्दिया र काठमाडौंमा प्रशोधन गरी विक्रीका लागि बजारमा ल्याएको हो । बैंकले यस वर्ष करीब ६० मेट्रिकटन धान र यही परिमाणमा दाल र अन्य गेडागुडी उत्पादन गरेको थियो ।  

बैंकले हालसम्म कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रूपन्देही, बागलुङ र कास्कीसहित २३ जिल्लामा ६०० बिघाभन्दा बढी जमीनमा आधुनिक प्रविधिमार्फत कृषिउपज उत्पादन गर्दै आएको छ । बैंकले यसलाई अझै विस्तार गर्दै लैजाने र देशलाई कृषि उत्पादनमा आत्मनिर्भर उन्मुख बनाउँदै विदेशमा समेत निर्यात गर्ने योजना बनाएको छ ।

प्रांगारिक मल उद्योग सञ्चालनमा ल्याउने, बिउबिजन भण्डार सञ्चालनमा ल्याउने, कृषि कलेजको स्थापना गर्ने, कृषि उद्योगहरू सञ्चालनमा ल्याउने, कृषि औजारको उत्पादन गर्ने, किसानलाई धनी बनाउँदै देशलाई आत्मनिर्भर बनाउने दीर्घकालीन योजना रहेको बैंकका संस्थापक शेयर सदस्य युवराज जिरेलले जानकारी दिए ।