आवेदन फारम

कृषकलाई आत्मनिर्भर बनाउने अभियानमा राष्ट्रिय खाद्य बैंक

  • Admin
  • २०७७ माघ २६
कृषकलाई आत्मनिर्भर बनाउने अभियानमा राष्ट्रिय खाद्य बैंक

झापा । एउटा सानो ब्लकमा एक नासको वाली लगाउन कम्तीमा २५ देखि १ हजार विगाहसम्म जग्गा लिजमा लिएर खेती गर्दै स्थानीय स्तरमा कृषकलाई आत्मनिर्भर बनाउने अभियानमा राष्ट्रिय खाद्य बैंक लिमिटेड अग्रसर भएको छ ।

कृषि उत्पादन र व्यापारमूलक कार्य गर्ने उद्धेश्यले स्थापित राष्ट्रिय खाद्य बैंक लिमिटेडले आइतवार झापाको बिर्तामोडमा आफ्ना योजना समेत सार्वजनिक गर्दै बिर्तामोडका कृषकहरुसँग छलफल गरेको छ । बैंकले बिर्तामोड नगरपालिकासंग सहकार्य गर्दै कृषकहरुसँग साक्षात्कार गरी आफ्नो उद्धेश्य र गर्न लागेको कामबारे जानकारी गराएको हो ।

सय जनाले दुई अर्ब रुपैयाँ लगानी गर्दै गत असोजमा स्थापना गरेको बैंकले नेपालका हरेक ठाउँमा कृषिको बारेमा अध्ययन अनुसन्धान गरी कुन ठाउँमा के फल्छ त्यही वाली लगाएर उत्पादन बृद्धि गर्ने उद्धेश्य राखेको र त्यहीका कृषकहरुलाई आवश्यक मल, वीउ र उपकरण दिएर कृषि उत्पादनमा प्रोत्साहन गर्ने बताइएको छ । स्थानीय वीउविजनलाई संरक्षण गर्दै अर्गानिक खानेकुराको उत्पादनका लागि समेत बैंकले काम गर्ने बताइएको छ ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले विषादीमुक्त र प्रदुषणमुक्त नगर बनाउने आफ्नो परिकल्पनालाई साकार पार्न खाद्य वैकले मद्धत पुग्ने बिश्वास व्यक्त गरे । थोरै जग्गाबाट धेरै आम्दानी गरी किसानलाई समृद्धितर्फ डोर्याउन बैंकले भूमिका खेल्नु पर्नेमा उनको जोड थियो ।

शुरुमा धान मकैजस्ता खाद्यान्न वाली लगाउने योजना बनाएको बैंकले त्यसपछि गेडागुडी, फलफूल र माछामासुको उत्पादन थाल्ने बैंकका प्रदेश संयोजक राजुप्रसाद खतिवडाले बताए । झापामा यस वर्षदेखि एक–दुईवटा ब्लकमा खेती थाल्ने बताइएको छ ।

सम्बन्धित पोस्टहरू