आवेदन फारम

खुल्यो खाद्य बैंक : मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउने

  • Admin
  • २०७७ फाल्गुण १४
खुल्यो खाद्य बैंक : मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बनाउने

मुलुकलाई आत्मनिर्भर बनाउन राष्ट्रिय खाद्य बैंकको स्थापना भएको छ । २ अर्ब लगानीमा कृषि पेशालाई मर्यादित बनाउँदै राष्ट्रिय उत्पादन बढाउँदै मुलुकलाई आत्मनिर्भर बनाउन बैंकको स्थापना भएको हो ।

यस बैंकले अर्गानिक उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको छ । बैंकसँग २ सय जनाभन्दा बढी कृषि प्राविधिकहरुको संलग्नता रहेको छ । बैंक खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दहि, माछा, मासु, चिया, जडिबुटी लगायतको उत्पादन तथा व्यवस्थापन गर्ने भएको छ । त्यस्तै,कृषि क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गरी ठाउँ अनुसारको बाली उत्पादनमा समेत प्रोत्साहन गरिने बैंकले जनाएको छ ।

राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले कृषि उत्पादन बढाएर देशमा सबै खालका सर्वसाधाणलाई रोजगारी प्रदान गर्ने बताएका छन् । बेरोजगारी अन्त्य गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने योजना रहेको पनि अध्यक्ष उप्रेतीको भनाई थियो ।

साथै बैंकमार्फ कृषि उपज बजारमा लैजादाँ विचौलियाको समेत अन्त्य हुने उनको भनाई थियो । कृषकहरुलाई आवश्यक पर्ने बिउ, मल, कृषि औजारहरु, प्राविधिक ज्ञान दिने तथा उत्पादित खाद्य बस्तुहरु बैंकले नै उपलब्ध गराउनेछ ।

बैंकले हाल तराइका कैलाली, कन्चनपुर, बर्दिया, झापा, सुनसरी,मोरङ, धनुषा, चितवन र रुपन्देहीसहित १३ जिल्लाहरुमा जग्गा भाडामा लिएर उत्पादन सुरु गरिसकेको छ ।

सम्बन्धित पोस्टहरू