आवेदन फारम

मिति: २०७९ श्रावण ८, आईतवार एग्रो टाईम्सद्वारा प्रकासित गरिएको प्रतिवेदन

  • Rastriya khadya bank
  • २०७९ साउन १०
मिति: २०७९ श्रावण ८, आईतवार एग्रो टाईम्सद्वारा प्रकासित गरिएको प्रतिवेदन

पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २ अर्ब लगानीमा खुलेको राष्ट्रिय खाद्य बैंकको शाखा कार्यालय पोखरा महानगरपालिका ४ चिप्लेढुङगामा स्थित नेपाली भुतपुर्व सैनिक बहुउद्धेश्सीय सहकारी संस्थाकै बिल्डिङमा रहने भएको छ । पोखरामा शाखा कार्यालय संचालन आएसँगै पोखाराको शाखा कार्यालय प्रमुखको रुपमा मीन बहादुर बस्याल रहने जानकारी बैँकले जनाएको छ । बस्याल भुतपुर्व सैनिक बहुउद्धेश्सीय सहकारी संस्थाका समेत सचिव रहेका छन्, बैँकको शाखा स्थापना सँगै आगामी दिनमा सहकारी संस्था र बैँकका विभिन्न काम कार्यहरुमा समेत सहकार्य गरेर लैजाने जानकारी बैँकको पोखरा शाखा प्रमुख समेत रहेका बस्यालले जानकारी गराए ।

काठमाण्डौको नँया बानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैँकको यसअघि खाद्य बैंकले बर्दिया र झापा जिल्लामा आफ्नो बृहत कृषि परियोजना उद्घाटन गर्नुका साथै सम्पर्क कार्यालय समेत विस्तार गरीसकेको छ । पोखरा महानगरपालिका ४ मा बैंकले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको जनाएको छ ।

बैंकमा हालसम्म ८०० भन्दा बढी प्रमोटर शेयर सदस्य रहेकोले प्रमोटरको सङ्ख्यालाई बढाएर लैजाने तयारी भएको, आवश्यक मापदण्ड पूरागरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको बैँकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले  बताए । कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैङ्क स्थापना भएकोले बैङ्कमार्फत् विभिन्न जिल्लामा सम्भावना भएका रैथाने बालीहरुको उत्पादन, संकलन गर्दै बजारीकरण समेत गर्दै धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार समेत  गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।

सम्बन्धित पोस्टहरू