आवेदन फारम

मिति: २०७९ श्रावण १, बिहिबार कृषि टेलिभिजनद्वारा प्रकासित गरिएको प्रतिवेदन

  • Rastriya khadya bank
  • २०७९ साउन २
मिति: २०७९ श्रावण १, बिहिबार कृषि टेलिभिजनद्वारा प्रकासित गरिएको प्रतिवेदन

काठमाडौँ। राष्ट्रिय खाद्य बैंकले कोरियासँग छलफल गरेको छ । नेपाली उत्पादनलाई कसरी विदेशसम्म पुर्‍याउन सकिन्छ भन्ने उदेश्यसहित आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय खाद्य बैंक र कोरियन लगानीकर्ता बीच छलफल भएको हो । कोरियन लगानी कर्ताबीच प्रांगारिक मल उद्योग तथा कृषि उत्पादन, भण्डारण, कोरीयन बजारमा बिक्री गर्नका लागि एमओइ समझौता भएको छ । कोरियाका उद्यमी व्यवसायी किछोल वाङसंग बसेको बैठकमा कोरियामा भएको ज्ञान, सिप, र प्रविधि नेपाल भित्राउन छलफल भएको हो । रसायनिक मल उद्योग, कृषि उत्पादन भण्डारण र बजारिकरण समेत गर्नका लागि चाहिने लगानी कोरियाली व्यवसायीहरुले गर्ने गरी प्रथम चरणको एमओयु हस्ताक्षर गरिएको राष्ट्रिय खाद्य बैंकले जनाएको छ । नेपालमा कृषिमा काम गर्न ईच्छुक भएकोले कोरियन टिम जोडिएको खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । उनले पहिलो बसाईमा कोरियासंग प्राङ्गाणिक मल, प्रवृधि, कोरियाको सिप ज्ञानलाई नेपालमा प्रयोग गर्ने र उत्पादित खाद्यन्न वस्तु नेपाली बजारमा साथै बढि भएको कोरिया बजारमा पठाउने सम्झौता भएको जानकारी दिए ।

बालीमा लाग्ने रोग किराको अध्ययन गर्ने र ड्रोन मार्पmत औषधी छर्ने व्यवस्था मिलाउने कोरियाली उद्यमी किछोलवाङको भनाई छ । उनले पहाडी भेगहरुमा उत्पादित वस्तुलाई सहज रुपले ओसारपसार गर्ने व्यवस्था समेत मिलाउने बताएका छन् ।

नेपालको भुगोल परिक्षण र कृषि उत्पादनका लागि चाहिने सामाग्रीहरुको बारे जानकारी लिन केहि महिनामा कोरियन टिम नेपाल आउँदै छ । नेपालमा कृषि उत्पादनलाई बढाउन र युवाहरुलाई कृषिमा आत्मनिर्भर बनाउन विगत २ वर्षदेखि राष्ट्रिय खाद्य बैंकले काम गर्दै आएको छ ।

सम्बन्धित पोस्टहरू