२९, चैत, काठमाडौं । राष्ट्रिय खाद्य बैकले आफ्ना लगानीकर्ताहरु माझ शनिवार राजधानीमा समिक्षा बैठक सम्पन्न गरेको छ ।
उक्त बैठकमा बोल्दै राष्ट्रिय खाद्य बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले खाद्य बैकले आफनो बैकको लक्ष्य–उदेश्य बमोजिमका कार्यक्रमलाई घनिभुत रुपमा अघि बढाएको बताएका छन् ।
अध्यक्ष उप्रेतिले बैकका उत्पादनमुलक कार्यक्रमहरु देशभर कार्यान्वयनका तहमा पुगको र सबै लगानीकर्ताहरु मिलेर त्यसलाई सफल बनाउनु पर्नेमा जोड दिएका छन् । उनले भने ‘हामी सँग कोही पनि प्रतिस्पर्धामा छैन । खाद्य बैकलाई कृषि क्रान्तिमा समाहित गर्नु हाम्रो उदेश्य रहेको छ’ ।
हाम्रो कृषि क्रान्तिको अभियानमा पत्रपत्रिका, अनलाइन, टेलिभिजन लगायतका सञ्चारमाध्यमले सकारात्मक रुपले घनिभुत प्रचारात्मक सहयोग गरेको अध्यक्ष उप्रेतिले बैकमा उपस्थीत लगानीकर्ताहरुलाई बताए ।
बैठकमा उप्रेतिले बैक आगामी दिनमा कसरी अघि बढ्नु पर्ला भनेर लगानीकर्ताहरुसँग सुझाव मागेका थिए । सुझाव दिनेहरुले अध्यक्ष उप्रेतिको सक्रियता र क्रियाशिलताको तारिफ गर्दै अहिलेकै रफतार र कार्यशैलीमा नीति कार्यक्रमलाई निरन्तर लक्ष्य उदेश्यमा अघि बढ्न आग्रह गरेका थिए ।
नयाँ बर्ष ०७८ बैशाख २ गतेका दिनबाट आफुहरु आफनो नयाँ वानेश्वरमा नवनिर्मित केन्द्रिय कार्यालयमा सर्ने र त्यँहीबाट घनिभुत रुपले काम थाल्ने अध्यक्ष उप्रेतिले बताएका छन् । केन्द्रिय कार्यालयको समुद्घाटन भने उपयुक्त समयमा गर्ने उप्रेतिले बताए । राज्यलाई सहयोग गर्ने संस्था भएकोले प्रधानमन्त्रीले उद्घाटन गर्ने गरी समय माग गरेको उनले बताए ।
केन्द्रिय कार्यालय उद्घाटन गरिसकेपछि क्रमश प्रदेश स्तरमा पनि अफिस खोलेर अघाडी बढ्ने उनले बताए । अध्यक्ष उप्रेति भन्छन् ‘हाम्रा गतिविधिहरु करपोरेट ढंगले अघाडी बढ्छन् । हामी कमाउने कुरामै जोड गर्छौं । गुणस्तरसँग सम्झौता भने गर्दैनौ । नेपाल सरकारको विधि विधानअनुसार हामी अगाडि बढ्छौ’।
कार्यक्रममा विउविजन कठिनाइको विषय रहेको उनले बताए । हामी सबै ठाउँमा गयौं । नार्कमा समेत कुरा भो । मुसाको छोरी मुसा जस्तै भएको रहेछ । थोरै थोरै रुपमा भएपनि बिउ, मल लगायत व्यवस्था गरिने छ । २२ जिल्लामा उत्पादन गर्ने धान, मकै, तोरी लगायत बाली लगाउने छौं–उनले भने ।
आर्थिक पारदर्शी भएर सरकारको मापदण्ड अनुरुपमा सञ्चालन र्खच समेत कमगर्दै तपाईहरुको घर घरमा हाम्रो उत्पादन ल्याउँछौं उनले भने । बैठकमा बैकका एक सय भन्दा बढी लगानीकर्ताहरुको उपस्थीति रहेको थियो ।