आवेदन फारम

राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालयकाे शुभारम्भ, केही वर्षभित्रै आइपिओमा जाने

  • Admin
  • २०७८ ब‌ैशाख २
राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालयकाे शुभारम्भ, केही वर्षभित्रै आइपिओमा जाने

काठमाडाैं । राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थीत केन्द्रिय कार्यालयको सुभारम्भ भएकाे छ ।

पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको बैंकको केन्द्रिय कार्यालयको बिहिबार सुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए ।

२ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको बैंक हो राष्ट्रिय खाद्य बैंक ।

बैंकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उदेश्य लिएको छ ।

हालसम्म यस बैंकमा ५९० जना प्रमोर्टर शेयर सदस्य रहेका छन् । बैंकले त्यसलाई बढाएर १ हजार जना प्रमोर्टर शेयर सदस्य बनाउने उदघोष यसअघि नै गरिसकेको छ । सरकारी मापदण्ड पुरा गरी केही वर्ष भित्रै आइपिओमा जाने समेत बैकको योजना छन् ।

यस्तै बैंकले पहिलो चरणमा २३ ओटा जिल्लामा यसबर्ष भित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ जसकाे लागि बैंकले तराइका विभिन्न जिल्लाहरुमा करिव ६ सय विघा जमिन लिजमा लिइसकेको छ ।

यसै वर्षभित्र बैंकले उत्पादन गरेका आर्गानिक उन्मुख अनाजहरु शेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने पनि अध्यक्ष उप्रेतिले बताए ।

सम्बन्धित पोस्टहरू