आवेदन फारम

राष्ट्रिय खाद्य बैंक कम्पनी सञ्‍चालनमा आयो

  • Admin
  • २०७७ माघ २७
राष्ट्रिय खाद्य बैंक कम्पनी सञ्‍चालनमा आयो

कृषि उत्पादन तथा वितरणको व्यवसाय गर्ने उद्देश्यले राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ। 

कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रुपमा खाद्य बैंक स्थापना भएको हो। धान,गहुँ,मकै,तरकारी, फलफूलको उत्पादन तथा व्यापार गर्नका लागि कम्पनी स्थापना गरिकको कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए। 

काठमाडौंमा केन्द्रीय कार्यालय भएको यो कम्पनीले किसानहरुलाई जोडेर उत्पादनमा सघाउने तथा उ‍त्पादित अनाजको बिक्री वितरण गर्ने उप्रेतीको भनाइ छ। 

देशभर रहेका किसानहरुलाई खाद्यन्‍न उत्पादनका लागि आवश्यक स्रोत साधनको व्यवस्था कम्पनीले गरिदिने र उनीहरुको उत्पादनलाई सरकारले तोकेको मूल्य दिएर खरिद गर्ने उनले जानकारी दिए। 

स्थानीयस्तरमा रहेका किसानहरुलाई समूह वा ब्लक बनाएर पहिला संगठित गर्ने र त्यसपछि उनीहरुलाई उत्पादनमा सघाउने उनको भनाइ छ। 

यसको सुरुवात धानबाट गरिने छ। उप्रेतीका अनुसार झापा,मोरङ र सुनसरीका किसानहरुलाई आउने सिजनदेखि धान उत्पादनका लागि सघाउने र पछि धान खरिद गरी प्याकेजिङ गरेर चामल बजारमा पठाइने छ। 

उत्पादन तथा भण्डारणका लागि आवश्यक उपकरण  पनि कम्पनी आफैले व्यवस्था गर्दै जाने तर सुरुवातमा सम्भव नहुने उनको भनाइ छ। 

कम्पनीले खाद्य तथा कृषि वैज्ञानिकको समूह बनाएको र त्यही समूहले उत्पादन बढाउनका लागि अध्ययन अनुसन्धान गर्ने उनको दाबी छ। 

पव्लिक कम्पनी मोडलमा सञ‍्चालन हुने यसमा हाल दुई सय सेयर होल्डर रहेको उप्रेतीले जानकारी दिए। 

 

साभार

सम्बन्धित पोस्टहरू