आवेदन फारम

कृषि भन्ने बित्तिकै जुन हिनताबोध हुने गरेको छ, त्यसलाई हटाउन चाहन्छौं

  • Admin
  • २०७७ फाल्गुण २३
कृषि भन्ने बित्तिकै जुन हिनताबोध हुने गरेको छ, त्यसलाई हटाउन चाहन्छौं

आजको आवश्यकता परिपुर्ती गर्न भोलीको भावी पुस्ताहरुको लागि खाद्य सम्प्रभुता संरक्षर गर्न पोषिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लि। ले देशभर विस्तार गर्ने क्रम जारी राखेको छ । दुई अरब रकमबाट यस बैंकको सुरुवात गरेको बैंकले हाललाई १८ जिल्लाबाट उत्पादन सुरु गर्ने भएको छ । धान, गहुं मकै र कोदो उत्पादन सुरु लागेको हो । धान गहुं बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सुर्खेत, झापा, मोरड, सुनसरी, बारा पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, धनुषा र महोत्तरी, कोदो मकै कास्की, लम्जुड, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, साथै मुगु डोल्पा र रुकुम पस्चिम लगायतबाट उत्पादन सुरु गर्न लागेको हो । त्यसपछि सबै प्रकारका तरकारी र माछमासुको उत्पादनमा लाग्ने बैकका अध्यक्ष शंकर उप्रती बताउँछन् । बैकको मुल उद्देश्य उत्पादन, रोजगारी, कृषि र पर्यटनलाई जोड्दै जनता देशलाई आत्मानिर्भर र जिडिवीमा योगदान गर्नु हो । त्यसपछि मात्र समृद्ध नेपाल, सुखी नेपालीको पुरा हुन्छ हामीसंग कुरा गर्दै उप्रतीले सुनाए ।

उत्पादन र व्यापारमा जोड गर्ने गरी स्थापना भएको यस बैंक केन्द्रीय कार्यलय काठमाडौंस्थित नयाँ बानेश्वरमा स्थापना गरिसकेको छ । ७ वटै प्रदेश, सबै जिल्ला र स्थानीय तह समेतमा पुग्ने लक्ष्य रहेको छ । राज्यले परिकल्पना गरेको सम्वृद्ध नेपाल र खुसी नेपाली बनाउन यस राष्ट्रिय खाद्य बैंक लि। को स्थापनासंगै आवश्यक ज्ञान, सीप, विउ, विजन, मलजल, दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतका विज्ञहरुको सहभागीतामा यस बैंक आफ्नो कार्यमा जुटेको अवस्था हो । पोषणयुक्त खाने कुरा कसरी हुन सक्छ भन्ने कुराको लागि मेडिकल डाक्टर साहेबहरु ठुलो काम गरिरहनु भएको पनि कुराकानीका क्रममा सुनाए । पहिलो त खाने कुरामा जुन विषयुक्त रहेको छ त्यसलाई रोक्ने नै हो । यस बैंकले सम्पूर्ण प्रकारको खाद्यन्न, गेडागुढी ९दलहन०, हरियो तरकारीहरु,फुलफुलहरु, केरा, दहि, दुध, माछा, अण्डा, जडिबुटी, चिया, कफी, उखु लगायतको खानेकुरा उत्पादन गर्ने र उपभोत्तासम्म पु¥याउने काम गर्नेछ । अर्को आफ्नै माध्यमबाट अध्ययन र अनुसन्धान गर्ने छ । जसको लागि हामी सबै टिम खडा गरिसकेका छौं । रैथाने जिन ९पुराना बालीनालीको विउ विजन० सम्वन्धी खोजतलास गर्नेछ । आधुनिकता अनुसार थोरै ठाउँमा पनि कसरी उत्पादन थर्न सकिन्छ भनेर अभ्यास र अनुसन्धान गरिनुका साथै प्याटेन्ट राइटको बारेमा कस्तो अवस्था छ सबै कुराहरुको थप अध्ययन र अनुसन्धान गरिरहेका छ ।

कृषकका लागि यो बैंक निकै महत्वपूर्ण रहेको छ । कृषकहरुलाई आवश्यकता पर्ने विउ, मल, कृषि औजारहरु प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य वस्तुहरु तथा व्यक्तिका बाँझो जग्गाहरु लिजमा लिएर उत्पादनका काम गरिनेछ । साथै उत्पादनको काममा लागेका कृषकहरुलाई आवश्यकता पर्ने विउ, मल, कृषि औजारहरु प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य वस्तुहरु बैंकले नै किनिदिने ग्यारेन्टी गरिएको छ । कृषि भन्ने बित्तिकै जुन हिनताबोधको रुपमा हेरिन्छ त्यसलाई हामी मेट्न चाहन्छौं । त्यसमा पनि काम गरेर देखाउँछौं । देशमा राजनीतिक क्रान्ति मात्र भएको छ, अब हामी कृषि क्रान्ति गर्छौं । हामीसंग सबै खाले टिम रहेको छ । अबको आठ दश वर्षभित्र कृषि क्षेत्रको परनिर्भर हटाई आत्मानिर्भर बनाउने हाम्रो मुल लक्ष्य हो ।

सरकारी बाँझो जग्गा, सामुदायिक वनका खाली जग्गाहरु गुठीका जग्गाहरु, खोलाको छेउका बगर जग्गाहरु, विद्युथ प्राधिकरणको लाइन मुनिका खाली जग्गाहरु, विभिन्न संघ संस्थाहरुका जग्गाहरु तथा व्यक्तिका बाँझो जग्गाहरु लिजमा लिएर उत्पादनको काम गरिनेछ । उत्पादनको काममा लागेका कृषकहरुलाई आवश्यकता पर्ने विउ, मल, कृषि औजारहरु प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य वस्तुहरु बैंकले नै किनिदिने ग्यारेन्टी गरेको छ । यसका लागि आवश्यक सबै प्रक्रिया अपनाईनेछ । दुध, अण्डा, मासु, माछा, कागती, बेसार, अदुवा, लसुन, प्याज, हरियो तरकारी जस्ता खाद्य सामग्रीहरु देशभित्रै उत्पादन गरी आत्मानिर्भर हुन सकिने भएकोले काममा लगाउने र आत्मा निर्भर बनाउने गरी बिस्तारै अरु खाद्यान्न, तरकारी, फलफुलहरुमा आत्मानिर्भर हुने गरी तयार गर्ने र गराउने मुल उद्देश्य र कार्ययोजना रहेको छ ।

वातावरणको अवस्थाको ९इको सिस्टमलाई० संरक्षर गर्दै वातावरणको संरक्षर गरी गुणात्मकयुक्त खाद्यान्न, तरकारीहरु, फलफुल, माछा, मासु, जडिबुटि, चिया, कफी, अलैंची लगायतका सामग्रीहरु हाम्रो देशमा चाहिने भन्दा बढी उत्पादन गरी विदेशमा समेत विक्री गर्ने उद्देश्यय राखिएको हुंदा वातावरणमा अवश्य ध्यान पु¥याईनेछ । यस बैंकले उत्पादन गरेको गुणस्तरयुक्त खाद्य सामग्रीहरुको सुरक्षित भण्डार ९एसि सिस्टम सहित० गरी बैंक मार्फत आफ्नै सेल्स डिपो र होम डेलिभरीहरु इ कर्मश मार्मत बिक्री वितरण गरिनेछ । जसबाट अहिले भईरहेको विचौलियाको पुरै अन्त्य हुनेछ हामी केही वर्षमा वेरोजगारी अन्त्य गर्ने गरी काम गर्दैछौं । त्यसको लागि हामीसंग धेरै अनुभव रहेको छ ।

बेरोजगारी अन्त्य गर्दै उत्पादन सुरक्षित भण्डारण गर्ने, बिक्री वितरणसम्म कार्य गर्न धेरै दक्ष तथा सामान्यदेखि न्युनस्तरसम्मका कर्मचारीहरुद्धारा काम गर्ने भएकोले नेपालमा सबै भन्दा धेरै रोजगारी सृजना गर्ने संस्थाको रुपमा काम गर्नेछ । कम लागतमा प्रांगारिक मल उत्पादन गरी फुड न्युट्रेशनको बारेमा ज्ञान दिलाउने छौं । कुन ठाउँमा के कस्तो खेती लगाउन सकिन्छ रु कसरी थोरै ठाउँमा धेरै उत्पादन गर्न सकिन्छ रु हाम्रो रैथाने बिउ बिजनहरु कसरी लोप भए रु खोजी गरिने । उत्पादन, सुरक्षित भण्डार, बिक्री वितरण, अध्ययन अनुसञ्धान लगायत खाद्यान्नबाट देशलाई आत्मार्भिर बनाउने महान अभियानमा सहभागी भई अगाडि बढौं भन्ने हाम्रो आह्वान रहेको छ ।

 

सभार

सम्बन्धित पोस्टहरू