आवेदन फारम

बर्दियामा खाद्य बैंक स्थापना

  • Admin
  • २०७७ चैत १५
बर्दियामा खाद्य बैंक स्थापना

चुरेसमाचार, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्वर ३ स्थित खैरीगाउँमा राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापना गरिएको छ । ग्रामिण कृषकलाई कृषिपेशामा सम्मानगर्दै पोषिलो आहारको लागि दीगो कृषि उत्पादनको अभियान सहित बैंकको स्थापना गरिएको हो ।
राष्ट्रिय खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले बैंकको उद्घाटनगर्दै किसानका दुःखका दिन सकिएको बताए । देशकै लुम्विनी प्रदेस स्तरिय राष्ट्रिय खाद्य बैंकको पहिलो शुभारम्भ बर्दियाबाट गरिएको छ । काठमांडौ स्थित नयाँवानेश्वरमा केन्द्रिय कार्यालय रहेको खाद्य वैंकले सातवटै प्रदेसमा कार्यालय स्थापनागर्दै ७७ वटै जिल्लामा खाद्य बैंक संचालन गर्ने तयारी गरेको उप्रेतीले प्रष्ट्याए ।
सरकारले २ अर्ब रुपैया लगानी गरी बैंक मार्फत उत्पादन र ब्यपारमुलक कार्य शुरु गरेको हो । बैंकले किसानका जमिन भाडामा लिई खाद्यान्न, गेडागुडी (दलहन), हरियो तरकारी, फलफूल, मांशाहार, जडीवुटी लगायतका विषादी रहित जैविक खानेकुराहरु उत्पादन गरी विक्रीवितरण गर्ने लक्ष्य लिएको छ । बैंक स्थापना भएपछि बर्दियावासी खुशी भएका छन् ।

 

Source

सम्बन्धित पोस्टहरू