आवेदन फारम

झापाको गौरादहमा खाद्य बैकको वृहत कृषि परियोजनाको सुभारम्भ

  • Admin
  • २०७८ ब‌ैशाख १०
झापाको गौरादहमा खाद्य बैकको वृहत कृषि परियोजनाको सुभारम्भ

कठमाडौं । झापाको गौरादह नगरपालिका वडा नं ७ मा राष्ट्रिय खाद्य बैंकलिमिटेडले आफनो दोश्रो कृषि परियोजनाको आज एक कार्यक्रमबीच सुभारम्भ गरेको छ ।

गौरादह नगरपालिका वडा नं ७ मा बैकले लिएको ३५ विगाहा जमिन परिसरको दोश्रो (पाइलट प्रोजेक्ट) कृषि परियोजनाको बैकले आज उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा गौरादह नगरपालिकाका मेयर रोहीत कुमार शाह र विशेष अतिथिमा गिता भेटवाल रहेकी थिइन् ।

स्थानीय अगुवा किसान डिल्ली प्रसाद सेढाँइको अध्यक्षतामा सुरु भएको कार्यक्रममा धानवाली वीज्ञ डा भोलामान सिंह बस्नेत, माटो वीज्ञ डा चन्द्रप्रसाद पोखरेल, वडाका वडा अध्यक्ष तथा सदस्यहरु, बैंकका सञ्चालक इश्वर लँुइटेल, लेखक तथा आर्थिक पत्रकार रिसव गौतम, विभिन्न दैनिक तथा अनलाइन पत्रपत्रिका र टिभिका पत्रकारहरुले समेत बैकको तर्फबाट न्यानो आतिथ्यता पाएका थिए ।

कृषि परियोजना स्थलको उद्घाटन गर्दै गौरादह नगरपालिकाका मेयर रोहीत कुमार शाहले राष्टिय खाद्य बैकलाई मनैदेखि स्वागत गरेको बताएका छन् । उनले आफुपनि एक जना किसान नै भएको र किसानका अनगिन्ती समस्या हुने भएकाले व्यवसायिक प्रकृतिको कृषिको आवश्यकता रहेको उनले बताए । कृषि क्षेत्रमा पछिल्ला बर्षहरुमा अनुदानको बिकृति फैलिएकोले त्यसो नगरी असली रुपमा कृषि क्रान्तिमा लागिनु पर्ने उनले बताए । खाद्य बैकमा कृषि क्षेत्रका वीज्ञ तथा अनुभवी व्यक्ति रहेको आफुले पाएकोले यस बैकले कृषिमा राम्रो प्रगती गर्नसक्ने उनले बताए । साथै स्थानीय तह सरकार सकेको र मिलेकाले सबै खालको सहयोग र सहकार्य गर्न आफुहरु तयार रहेको उनले बताए ।

त्यसैगरी उपमेयर गिता भेटवालले किसानहरु हेपिने गरेको, पिल्सने गरेको बताइन् । त्यो खालको अवस्था अन्त्य गर्न खाद्य बैक आएकोले आफुलाई खुशी लागेको उनले सुनाइन् । कृषि नै आर्थिक विकास र समुन्नतीको आधारशिला भएकोले सबैले यस क्षेत्रमा जोड गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा राष्ट्रिय खाद्य बैकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिले दोश्रोे परियोजनाको रुपमा झापको गौरादहमा परियोजना सुरु गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । उनले परियोजना स्थलको ३५ विघा जमिनमा पहिलो चरणमा लोकल बासमती लगायतका सथानी प्रजातीका धानवालीहरु लगाउन आवश्यक मल, विउ तथा बिजन समेत तयार गरिसकिएको बताए । दशैभरी ब्यापक पैमानमा अध्ययन, अनुसन्धान सहित धान उत्पादनमा जोडदिने उप्रेतिले सुनाए । गौराहादहमा बैकले आफनो परियोजना सुरु गर्न लाग्दै गर्दा धेरै किसानहरु हर्षित भएकोले आफुलाई पनि त्यसले उत्साह दिएको उनले बताए । उनले भने ‘किसानहरुसँगै मिलेर उन्नत जातका धानवालीहरु लगाउने, अग्रानिक बनाउँदै लैजाने र कृषिमा देशलाई आत्मनिर्भर बनाउने हाम्रो जोड रहेको छ ।’

‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापना भएको बैंकले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्य लिएको छ । दुई अर्ब लगानीमा बैंक स्थापना गरिएको बैंकमा हालसम्म ५९० प्रमोटर शेयर सदस्य रहेको बताइएको छ । प्रमोटरको सङ्ख्यालाई अझ बढाएर एक हजार जना बनाउने तयारी पनि भइरहेको बताइएको छ । आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले बताएका छन् ।

बैक कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएको हो । बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्छौँ। किसानसँग सहकार्य गर्दै उत्पादन बढाउँछौूँ, अध्यक्ष उप्रेतिले भने।

बैंकले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम शुरु गर्ने तयारी गरेको छ । जसमा कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा लिएर उत्पादन शुरु गरिसकेको छ भने झापा, मोरङ, सुनसरीलगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ ।

सम्बन्धित पोस्टहरू