आवेदन फारम

२ अर्ब लगानीको राष्टिय खाद्य बैकले काम थाल्यो

  • Admin
  • २०७७ फाल्गुण १३
२ अर्ब लगानीको राष्टिय खाद्य बैकले काम थाल्यो

“पोषिलो आहारको लागी दिगो कृषि उत्पादन हाम्रो अभियान”भन्ने नाराका साथ स्थापना भएको राष्ट्रीय खाद्द बैक लिमिटेडले काठमाडौं  बानेश्वरस्थीत एक होटलमा पत्रकार भेट्घाट कार्यक्रम सम्पन्न गरेको छ । बैकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बैकको परिचय, उद्देश्यहरु र भावी योजनाहरुको बारेमा प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारहरु सङ्ग  अन्तक्रीयात्मक  छ्लफल गर्नु भएको छ । दुइ अर्ब लगानीमा स्थापना भएको यो बैकले कृषि क्षेत्रमा लगानी, रोजगारी बढाएर उत्पादन बृद्धी गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, सरकारले लिएको “समृद्द नेपाल सुखी नेपाली “को अभियानलाई सहयोग गर्ने, क्रमश अर्गानिक उत्पादनमा जोड दिने जनाएको छ ।।

कृषी क्षेत्रमा आवश्यक ज्ञान, सिप, बिउ, बिजन, मलजलको समुचित व्यवस्थापन गरी  दक्ष  जनशक्ती विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा अघि  बढ्ने एकदमै महत्वकाक्षी र दीर्घकालिन लक्ष्यका साथ अहि बढेको छ । यस बैकले कृषि सहकारिहरु, कम्पनीहरु, कृषी समुहहरु, कृषी सङ्ग सम्बन्धी अन्य सङ्घ सस्थाहरु र  देशै भरका आम किसानहरुको सहकार्य गरी अघि बढ्ने लक्ष्य समेत लिएको छ ।सोही अनुसारको कार्य पनि सुरु गरेको छ । यो बैकले हाल सम्म ४९१ जना प्रमोटर सदस्य रहेको छ ।बैकले केहि वर्ष भित्रै साधारण शेयर [आइपिओ] समेत जारी गर्ने लक्ष्य राखेको छ ।यही २०७७ चैत्र १५ गते भित्र बैकले नयाँबानेश्वरमा तयार गरेको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने र २०७८ बैशाख भित्र सबै प्रदेश कार्यालयको समेत उद्घाटन गर्ने तयारी गरेको छ  ।

यो कार्यक्रम  बिभिन्न संचारकर्मी र पत्रकारले सोधेको प्रश्नको जवाफ बैकको कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेतीले चित्तबुज्दो जवाफ दिनु भएको थियो ।
धान विज्ञ डा. भोला मान सिंह  बस्नेत, पशुपन्क्षी विज्ञ डा. बल बहादुर चन्द्, कृषि विज्ञ शिव  यन्दो लगायतको समेत सहभागिता थियो

सम्बन्धित पोस्टहरू