आवेदन फारम

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

  • Admin
  • २०७७ फाल्गुण १७
नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको लगानीमा राष्ट्रिय खाद्य बैक लिमिटेड स्थापना भएको हो । राष्ट्रिय खाद्य बैकका अध्यक्ष शंकर नाथ उप्रेतीले २ अर्ब लगानीमा खाद्य बैंक स्थापना गरेको जानकारी दिए । उनले कृषिमा देशलाई आत्मनिर्भर बनाउने, गुणस्तरयुक्त खाद्य सामग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंक मार्फत आफनै सेल्स डिपो र होम डेलिभरीहरु इ–कर्मश मार्फत विक्रि वितरण गर्ने उद्देश्य बैंकको रहेको बताए ।

उनले देशभर ७७ ओटै जिल्ला र प्रदेशहरुमा कृषि उत्पादन र बजारिकरणमा गर्ने उद्देश्यले बैंक स्थापना गरेको बताए । बैंकले उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अघाडी बढ्ने लक्ष्य लिएको छ । अध्यक्ष उप्रेती भन्छन् ‘कृषि क्षेत्रमा ठुलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, राज्यको ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सहयोग गर्ने, क्रमश अग्रानिक उत्पादनलाई जोड दिइने छ ।’ कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, विउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा यो बैकले काम गर्ने उनको भनाई छ । बैंक आफैले खाद्यन्ह, गेडागुडी, हरियो तरकारी, फलफुल, दहि दुध, माछा मासु, चिया, जडिवुटी लगायतको उत्पादन गर्ने पनि बताए । बैकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धान समेतका कार्य गर्ने जानकारी दिए ।

अध्यक्ष उप्रेतीका अनुसार देशभरका किसानहरुसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको बैकले कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कृषि समुहहरु, कृषिसँग सम्बन्धी अन्य संघसस्थाहरुसँग पनि सहकार्य गरी कार्य अघि बढाउने लक्ष्य लिएको छ । सोही अनुसारको कार्य सुरु पनि गरेको छ । बैकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने छ । यस बंैकले हालसम्म कैलाली, कञ्चनपुर, वर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सा लगायतका जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको छ ।

ती जिल्लाहरुमा जग्गा लिजमा लिने गृहकार्य अन्तिम चरणामा पुगिसकेको उनको भनाई छ । हालसम्म बैकले वर्दिया जिल्लाको गुलेरीया नपा ३ खैरी लगायत वर्दिया जिल्ला विभिन्न ठाउँमा २०० विघा जग्गा लिजमा लिइसकेको छ । सोही स्थानमा करिव ५००० विघा किसानका जमिनहरुमा सहर्काय गर्दै उत्पादन कार्य अघि बढाउने कुरा पनि अघि बढीसकेको छ । त्यसैगरी झापा, मोरग, सुनसरी जिल्लामा १०४१ विघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा लिने सहमती भएको र औपचारिक हस्ताक्षर हुन बाँकी रहेको छ । पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडी, लगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ ।

दोश्रो चरणमा माछा–मासु, फलफुल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिनेछ । खासगरी पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गदै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउने, उनीहरुले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने कार्य यो बंैकले सहकार्य गर्दछ । अध्यक्ष उप्रेतीले भने,‘हालसम्म ४९१ जना प्रमोटर शेयर सदस्य रहेको यस बैकले त्यसलाई अझै विस्तार गर्दै केहीबर्ष भित्रै साधारण शेयर (आइपिओ) समेत जारी गर्ने लक्ष्य लिएको छ । १५ चैत्रमा बैकको नयाँ वानेश्वरमा तयार गरेको केन्द्रिय कार्यालयको प्रधानमनत्रीज्यू मार्फत उद्घाटन गर्ने र २०७८ वैशाख भित्र सबै प्रदेश कार्यलयको उद्घाटन गर्ने गरी तयारी गरिरहेको उनले जानकरी दिए ।

धान विज्ञ डा भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पती वीज्ञ प्राडा चन्द्र प्रकास पोखरेल, गहूँ विशेषज्ञ डा मदन भट्ट, पशुपक्षीं विज्ञ डा बल बहादुर चन्द, कृषि विज्ञ शिव यन्दो लगायतका वीज्ञहरुको समेत यो बैंकमा सहभागीता रहेको बताए । उनले बैकमा १५० जना भन्दा बढी कृषि, पोषण, वनस्पतीसँग सम्बन्धी अध्ययन गरेका व्यक्तिहरु संस्थापकको रुपमा रहेका जानकारी दिए । साथै उनले २ सय जना कृषि प्राविधिकहरु पनि यो बैकमा संग्लन रहेको बताए । त्यसैगरी उनले यो बैकले कृषि उत्पादन बृद्धि र व्यवसाय विस्तारको लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका साथ काम अघि बढाएको जानकारी दिए ।

News Source:

सम्बन्धित पोस्टहरू