आवेदन फारम

धरानमा बिचौलिया हटाउने ‘कन्सेप्ट’ सहित खाद्य बैंक स्थापनाको तयारी

  • Admin
  • २०७७ माघ २७
धरानमा बिचौलिया हटाउने ‘कन्सेप्ट’ सहित खाद्य बैंक स्थापनाको तयारी

धरानः विषादी र बिचौलिया हटाउने कन्सेप्टसहित खाद्यवस्तु प्रत्येक उपभोक्ताको भान्छामा पुरयाउने लक्ष्य लिएर धरानमा पहिलोपटक राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना हुने भएको छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ ।
मुलुकका सातवटै प्रदेशमा कार्यालय स्थापना गरी काम थाल्ने योजनाका साथ अघि बढेको यसले धरानमा पनि खाद्य स्वस्च्छन्दतालाई ध्यान दिने जनाइएको छ । कम रसायनिक मल र बढी प्राङ्गरिक मलबाट वस्तु उत्पादन हुने उनको भनाइ छ ।
‘उत्पादन वृद्धिका लागि जथाभावी प्रयोग गरिने विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरलाई ध्यानमा राखी उत्पादन, भण्डारण र बिक्री वितरणसँगै अनुसन्धानका काममा जोड दिइनेछ’, धरानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले भने ।
यो नेपालको पहिलो खाद्य बैंक हो । एक सय ५० जनाको दुई अर्ब बराबरको शेयर राखेर खोलिएको बैंकको सातवटै प्रदेशमा कार्यालय स्थापना गरिने भएको छ । यो बैंकले यहाँ उत्पादन भएका खाद्यान्नलाई व्यवस्थित गर्ने बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिएका छन् । उनले बिचौलिया हटाउन पनि बैंकको जोड रहेको बताए ।
उत्पादनदेखि घरदैलामै पुगेर उचित मूल्यमा किन्ने बैंकको उद्देश्य छ । ‘बीउको चिन्ता किसानले लिनुपर्ने छैन, जुन ठाउँमा जे फल्छ, त्यही फलाउनेछौं, हामीले उपलब्ध गराएको बीउले राम्रो उत्पादन नदिएमा त्यसको जिम्मा पनि बैंकले लिनेछ ।’ उनले थपे, ‘सरकारी बाँझो, सामुदायिक वनका खाली जग्गा र गुठीका जग्गा ‘लिज’मा लिएर पनि उत्पादन गरिनेछ ।’
प्रदेश सरकारले बाँझो जमिनमा खेती गर्ने अभियान अघि सारेपछि बैंकलाई सहकार्य गर्न सजिलो भएको उनको भनाइ छ । बैंककी प्रदेश १ की सदस्य नम्रता ढकालले बैंकले खाद्यान्न, बेसार, अदुवा, दलहन, हरियो तरकारी, फलफूल, ही, दूध, माछा, मासु, अन्डा, जडीबुटी, चिया, कफी, कागती, लसुन, प्याज, उखुलगायतमा आत्मनिर्भर बनाउने योजना अघि सारेको जानकारी दिए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका कृषि शाखा प्रमुख नगेन्द्र तामाङले कृषक र उपभोक्ताबीच बिचौलियाहरुले बढी चलखेल गर्नाले कृषकले आफ्नो सामानको सही मूल्य पाउन नसकेको बताए । उनले संस्थाले यस किसिमको कार्यलाई चिर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा वडा नं. ११ का समाजसेवी लोकेन्द्र फागो लिम्बूले आफूहरु किसान भएता पनि अहिले आधुनिक प्रविधिहरुसँग अनभिज्ञ भएको हुँदा यस्तो संस्थाहरुको माध्यमबाट सिक्न र उपयोग गर्न पाइनेमा आशावादी रहेको बताए ।
सोही कार्यक्रममा वडा नं. ६ पानबारीका वडाध्यक्ष भुवनसिंह बस्नेतले कृषकहरुले उत्पादन गरेको खाद्यान्नहरुको बजारमा जुनसुकै ठाउँमा पुरयाउने भाऊमा एकरुपता हुनुपर्ने धारणा राखे ।
कार्यक्रमको सञ्चालन प्रदेश १ की सदस्य नम्रता ढकालले गरेकी थिइन् । कार्यक्रममा प्रदेशका कृषक, विज्ञहरु र जनप्रतिनिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता राजनप्रसाद खतिवडाले गरेका थिए । तस्वीरहरुः लक्ष्मण थापा

 

साभार

सम्बन्धित पोस्टहरू