इटहरी÷पोषिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान भन्ने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रदेश न. १ को इटहरीमा प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने भएको छ ।
आइतबार राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतिले इटहरीमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा बैंकको प्रदेश स्तरीय कार्यालय इटहरीमा स्थापना गर्ने बताउनुु भएको हो ।
दुई अर्बको लगानीमा हाल काठमाण्डौको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले प्रारम्भमा दुई अर्बको लगानीबाट देशका ७७ वटै जिल्ला र प्रदेशहरुमा कृषि उत्पादन र बजारीकरण अभियान थाल्ने भएको छ । आजको आवश्यकता परिपूति गर्न र भोलिको भाविपुस्ताहरुको लागि खाद्य सम्प्रभुत्ता संरक्षण गर्न जिल्ला–जिल्लामा कार्यालय, आवश्यकता अनुसार स्थानीय निकायहरुमा समेत कार्यालय स्थापना गरी राज्यले परिकल्पना गरेको सम्बृद्ध नेपाल बनाउन बैंकले स्थापनासँगै आवश्यक ज्ञान, सीप, विउ, विजन, मलजल, दक्ष जनशक्ति विशेषज्ञ वैज्ञानिकहरुको सहभागितामा बैंक आफ्नो कार्यमा जुटेको अध्यक्ष उप्रेतिले बताउनुभयो ।
कृषि विकास बैंक अन्तर्गत सम्बन्धन लिएर निक्षेपकर्ताहरुबाट निक्षेप संकलन नगर्ने, चेक साट्ने काम नगर्ने, अर्गानिक कृषि उत्पादनमा जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप,विउ, विजनको समुचित व्यवस्था गरी आफैले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दही,दूध, माछा, मासु, चिया, जडिबुटी लगायतको उत्पादनसँगै बैंकले कृषि क्षेत्रमा आवश्यक अध्ययन, अनुसन्धानको कार्य समेत गर्ने अध्यक्ष उप्रतिल बताउनुभयो ।
बैंकको उद्देश्य
बैंकले कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कृषि समूहहरु, कृषिसँग सम्बन्धी अन्य संघ संस्थाहरुसँग सहकार्य गरी कार्य अगाडि बढाउने उद्देश्य लिएको छ ।
अध्यक्ष उप्रेतिका अनुसार बैंकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु लिजमा लिएर उत्पादनका कार्यक्रम अगाडि बढाउने भएको छ । पाँचसय विघा सम्मका जग्गाहरुमा बैंकले आफै काम गर्ने र त्यस भन्दा धेरै भएका जग्गामा कृषकहरुको समूह बनाई उत्पादनलाई अगाडि बढाउने बताउदै उप्रेतीले गत बर्ष नेपालमा ५६ अर्बको अन्नबाली भित्रिएको छ । बंंैकले परनिर्भरता हँटाउने, कुल ग्राहस्त उत्पादन
(जिडिपी) मा योगदान गर्ने, उत्पादनलाई वातावरणमैत्री बनाउने, कृषि र पर्यटनलाई जोड्ने, पोषणयुक्त खानेकुरा प्राविधिककोे ल्याब परीक्षणपश्चात मात्र बजारमा पु¥याउने, कम लागतमा किसानहरु स्वयम्लाई प्रांगरिक मल उत्पादनको लागि तालिमको व्यवस्थापन गर्ने, उत्पादित अन्न तथा फलफूल सुरक्षित भण्डारण गर्ने, वातावरण संरक्षण गर्दे इको सिस्टमलाई बचाउने, फुड न्यूट्रेशनको बारेमा जानकारी दिने, अनुसन्धानको काम गर्ने, रोजगारीको सिज्र्जना र्न बैंकको लक्ष्य रहेको छ ।
बैंकले आफ्नो काम कहाँ कहाँ शुरु ग¥यो ?
राष्ट्रिय खाद्य बैंक लिमिटेड मुलुककै पहिलो खाद्य बंैक हो । जुन ठाउँमा जे उत्पादन हुन्छ त्यस अनुसारको योजना बनाउँदै बैंकले आफनो कार्यलाई अगाडि बढाएको छ । बैंकका अध्यक्ष उप्रति भन्नहुुन्छ हालसम्म बैंकले कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, उदयपुर, धनुषा, चितवन, रुपन्देही, कास्की, रौतहट बारा, लम्जुङ्ग, पर्सा लगायतका जिल्लामा जग्गा लिजमा लिने र उत्पादन कार्यलाई अगाडि बइसकेको छ ।
बंैकले बर्दिया जिल्लाको गुलेरिया नपा वडा नं. ३ खैरी लगायतका स्थानमा २ सय विघा, सोही स्थानमा ५ सय विघा किसानका जमिनहरुमा सहकार्य गर्दै उत्पादन कार्य अगाडि बढिसकेको, झापा मोरङ, सुनसरी जिल्लामा १ हजार ४१ विघा, लमजुङमा ५ सय ५० रोपनी जग्गा लिजमा लिने सहमति भएको छ । बैंकले आफ्नो उत्पादनमा धान, गहुँ, मकै, कोदो, आलु, तोरी, गेडागुडीलाई राखेको छ । पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गर्दे किसानहरुलाई नै अधिकम कृषि उत्पादनमा सरिक गराउने, उनीहरुले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने काम बैंकले गर्ने पनि उहाँले सुनाउनुभयो ।
देशलाई कृषिमा आत्म निर्भर बनाइने
राष्ट्रिय खाद्य बैंकको सबैभन्दा महत्वपूर्ण उद्देश्य देशलाई कृषिमा आत्मनिर्भर बनाउने रहेको छ । गुणस्तरीय सामाग्रीहरुमा देशलाई आत्मनिर्भर बनाई निर्यात गर्ने, बैंकमार्फत सेल्स डिपो सञ्चालन गर्ने, हाृम डेलिभरि, इ–कमर्स मार्फत विक्री वितरण गर्ने, कृषि उत्पादन बृद्धि र व्यवसाय विस्तारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्ने, कृषि पेशालाई मर्यादित, सम्मानित बनाएर राष्ट्रिय उत्पादन बढाउने बैंकको प्रमुख उद्देश्य रहेको छ ।
अध्यक्ष शंकरनाथ उप्रतिले भन्नुभयो कृषि पेशामा लागेकाहरुलाई हेयको दृष्टिले हेर्ने सोचमा परिवतन ल्याउन आवश्यक छ । अब कृषि पेशामा लाग्नेहरु टाइ लगाएर काम गर्ने वतावरण बनाउँछौं, कृषि पेशामा लाग्नेहरुले आफ्नै गाडी चढेर हिड्न सकने बनाउन बैंकको स्थापना भएको हो ।
बैंकका २५० भन्दा बढी विज्ञ संस्थापक
राष्ट्रिय खाद्य बैंक लिमिटेमा कृषिका विविध क्षेत्रमा विज्ञता हासिल गरेका २५० जना बैंकको सस्थापकका रुपमा रहेका छन । यसैगरी दई सय जना कृषि प्राविधिकहरु समेत बैंकमा संलग्न रहनु भएको छ ।
हालसम्म ५०१ जना प्रमोटर शेर सदस्य रहेको बैंकले त्यसलाई अझ विस्तार गर्ने केही बर्षभित्रै साधारण सेयर (आइपिओ) समेत जारी गर्ने लक्ष्य लिएको छ ।
धान विज्ञ डा. भोलामानसिंह बस्नेत, वनस्पति विज्ञ प्रा.डा. चन्द्रप्रकाश पोख्रल, गहुँ विशेषज्ञ डा. मदन भट्ट, पशुपंक्षी विज्ञ डा. बलबहादुर चन्द, कृषिविज्ञ शिव यन्दोलगायतका विज्ञहरु यस बैंकमा आवद्ध भएका छन् ।