आवेदन फारम

खाद्य बैंकमा लगानी गर्न बैंकले देखाए चासो, ८ बैंकद्वारा प्रस्ताव ल्याउन माग

  • Admin
  • २०७७ फाल्गुण २१
खाद्य बैंकमा लगानी गर्न बैंकले देखाए चासो, ८ बैंकद्वारा प्रस्ताव ल्याउन माग

काठमाडौं । राष्ट्रिय खाद्य बैंकलाई ८ बैंकले परियोजना ल्याउन माग गरेका छन् । ‘पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान ’भन्ने मूलनाराका साथ वैशाखदेखि सञ्चालनमा आउन लागेको खाद्य बैंकमा ६ वटा कमर्शियल बैंक र दुई वटा विकास बैंकले पोजेक्ट ल्याउन भनेका हुन् । नबिल, मेगा, एनआईसी एशिया, सनराइज, एनएमबी, प्राइम तथा गरिमा र सांग्रिला बैंकले प्रोजेक्ट माग गरेको बैंकमा अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए । 

‘अहिले २ अर्बको पुँजीमा बैंक स्थापना गरिए पनि हाम्रो योजना र लक्ष्यअुनसार काम गर्न त्यो पैसाले धान्दैन,’ उनले भने ‘हामीलाई धेरै पैसा चाहिन्छ ।’ उत्पादनदेखि प्रशोधन र बजारीकरण अझ भन्नुपर्दा उपभोक्तको चूलो मै खाद्यान्न पुर्याउने हाम्रो अभियान भएकाले पैसा बढी आवश्यक पर्न सक्छ ।

यहि दौरानमा हामीले बैंकहरूसँग राय सल्लाहलिँदा बैंकहरूले पैसाको कुनै चिन्ता नगर्न आफूलाई आश्वासन दिएको अध्यक्ष उप्रेतीले बताए । ‘परियोजना ल्याउनुस्, हामी लगानी गर्छौ भनेका छन्,’ उनले भने ‘हाम्रो ठूलो टिम भएकोले पनि हामीलाई सबैतिरबाट सहयोग मिल्ने देखिएको छ । अहिले यो टिमको संयन्त्रले कामगर्न शुरु गरिसकेको छ । 

खाद्य बैंकमा २० जना कृषि प्राविधिक, इजरायल, जापान तथा कोरियाबाट सीप र ज्ञान हासिल गरेका ५६ जना ऊर्जा शिलजनशक्ति, अर्थ व्यवस्था, कानुनका सम्बन्धमा हेर्ने छुट्टै टिम छ,’ उनले भने ‘यो वर्ष बैंक स्थापना र व्यवस्थापनका साथै केही खाद्यान्न बाली उत्पादन गर्ने योजना बैंकले बनाएको छ ।’ धान, गहुँ, मकै, कोदो, आलु उत्पादनगर्न बैंकले २२ जिल्लासँग सम्झौता नै गरिसकेको छ । 

बैंककाअनुसार अर्को वर्ष यो बैंक देशको सबै जिल्लामा पुग्नेछ । फूड न्यूट्रेशन तथा एग्रो टुरिजम गदै उत्पादनलाई हामी औद्योगिक उत्पादनसँग जोड्ने छौं । कृषिका उत्पादनलाई भ्यालू एड गर्नतर्फ बैंकको ध्यान केन्द्रीत हुने उनले बताए । पहिलो वर्ष यी वस्तुको उत्पादनमा फोकस भएर दोस्रो वर्षमा आउटलेट खोल्ने योजनामा बैंक रहेको छ ।

आवश्यकता हेरेर यस्तो संरचना तयार हुनेछ । हामी घरमै पनि डेलिभरी गछौ । खाद्य बैंकले उत्पादनगर्न शुरु गरेपछि हामी आम उपभोक्तालाई अहिको भन्दा आधामूल्यमा तरकारी र तीन तिहाई मूल्यमा फलफूल र १५ देखि २० प्रतिशत कम मूल्यमा खाद्यान्न उपलब्ध गराउने छौं,’ उनले भने । 

१५ वर्षसम्ममा हामी जडिबुटी उत्पादन र भरसक प्रशोधन पनि गर्ने स्थानमा पुग्ने बैंकको उद्देश्य छ । देशमा वार्षिक रुपमा खर्बौ रुपैयाँको कृषि उत्पादनभित्र्ने गरेको छ । यसलाई प्रतिस्थापन गर्नु हाम्रो मूल उद्देश्य भएको अध्यक्ष उप्रेतीले बताए । रोजगारीको खोजीमा बाहिरिएका जनशक्तिलाई यहि राखेर आफ्नै माटोमा प्रविधिको माध्यमबाट कामगर्न लगाउने तथा त्यस्तो सीपको विकास गर्ने हो ।

हाम्रो यो अभियानबाट कृषक, उपभोक्ता, आम समाजमा मै आमूल परिवर्तन आउने छ अर्थात उत्पादक र  उपभोक्ताबीच रहेको बिचौलियाको चेन तोडिने उनले बताए । बिना बिचौलिय कृषकले उत्पादन गरेको उत्पादन सोझै उपभोक्ताको चूलोमा पुग्नेछ । 

 

साभार:

सम्बन्धित पोस्टहरू