आवेदन फारम

खाद्य बैंकको अभिलाशा किसानहरुले पनि कार चढ्ने हैसियत बनाउन् भन्ने छ

  • Admin
  • २०७८ ब‌ैशाख ८
खाद्य बैंकको अभिलाशा किसानहरुले पनि कार चढ्ने हैसियत बनाउन् भन्ने छ

कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रुपमा हालसालै खाद्य बैंक स्थापना भएको छ । कृषिजन्य बस्तुको उत्पादन तथा व्यापार गर्नका लागि स्थापना गरिएको बैंकले किसानहरुलाई उत्पादनमा सघाउने तथा उत्पादिन अनाजको बिक्री वितरण गर्ने जनाइएको छ । यसैसन्दर्भ पारेर मध्यान्ह दैनिकले बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीसँग कुराकानी गरेको छ । प्रस्तुत छ अध्यक्ष उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंश–

 

राष्ट्रिय खाद्य बैंक किन आवश्यक छ ? यसले के काम गर्छ ?

 

आजको खाद्य आवश्यकता पूर्ति गर्दै भोलिका युवा पुस्तालाई खाद्य सम्प्रभुता संरक्षण गर्न पोसिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियानभन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको हो । हामी यसलाई दरोसँग संस्थागत गर्न देशब्यापी रुपमा लागेका छौ । हामीले यसलाई अभियानको रुपमा अगाडि लगेका छौं । शहर बजारमा गोष्टी, छलफल र मिडियाबाजी गरेकामात्र छैनौं । हामीले यस बैक स्थापना भएको मंसिर यतादेखि झण्डै ५० ओटा जिल्लाहरुमा पुगेर त्यहाँको कृषिको सम्भावना नियालेका छौं । स्थानिय तहहरुसँग साक्षत्कार गरेरका छौ र  भोलिको दिनमा कृषि कार्यकालागि सहकार्य गर्न अपिल गरेका छौं । २३ वटा जिल्लामा त हामीले पाइलट प्रोजेक्टको रुपमा कृषि परियोजना शुरु गर्न जग्गा लिजमा लिने लगायतका कृषिका तयारीहरु गरिसकेका छौं । 

 

यसरी हामीले यस बैंकले गर्ने काम अघि बढाइ सकेका छौं । यो नेपालको पहिलो खाद्य बैंक पनि हो । ४ महिना अगाडि मात्र यसको स्थापना भएको हो । नेपालको माटो, हावापानी सुहाउँदो बैंक हो यो । यसले खाद्यान्न सम्बन्धी काम गर्छ । उत्पादन, भण्डारण, विक्रीवितरण, प्याकेजिङ्गको काम आफैं गर्छ । धान, गहुँ, कोदो, फापर, माछा, मासु, जौ, गेडागुडी, दूध, जडीबुटी, फलफूल, चियाकफी सबै उत्पादन गर्छ ।

 

कति पूँजीबाट यस बैकको स्थापना भएको हो ?

 

दुई अर्ब रकम लगानी गर्ने गरी हामीले यस बैक स्थापना गरेका हौं । जुन पब्लिक शेयरबाट सञ्चालन गरिनेछ । एक हजार जना संस्थापक शेयर बनाउने हाम्रो लक्ष्य हो । हालसम्म ५९० जना प्रमोर्टस शेयर सदस्य हामीले बनाएका छौं । शेयर सदस्यहरु थपिने क्रम जारी छ ।

 

यस बैंकको लक्ष्य उदेश्य र संगठनात्मक ढाँचा कस्तो हुने छ ?

 

कृषि उत्पादन र व्यापारमा जोड दिने हिसावले यो संस्था स्थापना भएको हो । अहिले यस बैंकको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ । सात वटै प्रदेशहरुमा शाखा कार्यालयहरु खेल्दै छौं । देशभरका सबै स्थानिय तहमा पुग्ने हाम्रो लक्ष्य हो । राज्यले परिकल्पना गरेको सम्बृद्ध नेपाल बनाउने अभियानमा सहयोग गर्ने हाम्रा अभिप्राय हुन् । आवश्यक ज्ञान, सीप, प्राविधिज्ञ, विउ, विजन, मल, दक्षजनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतका विज्ञहरुको सहभागितामा यस बैक आफनो कार्यमा जुटेको अवस्था हो ।

 

यस बैकले आफैंमात्र कृषिउत्पादन गर्छ कि कृषहरुलाई पनि प्रोत्साहन गर्छ ?

 

यस बैकले आफू पनि उत्पादन गर्छ र कृषकहरुलाई पनिसँगै लिएर जान्छ । कृषिमा कामगर्ने, कृषि सहकारी, कृषिमा कामगर्ने प्राइभेट कम्पनी, नियामक निकायबाट स्वीकृत लिएका महिला, युवा, उपभोक्ता समूहरुलाई सँगै लिएर जान्छ । कृषिमा आवद्ध भएका सबैलाई लिएर जान्छ । विउ, प्रांगरिक मल पनि दिन्छ । उत्पादन गरेको सामानहरु खरिद पनि गरिदिन्छ । प्राविधिक ज्ञान पनि दिन्छ, यस बैंकले अनुदानको कामपनि गर्छ । रैथाने विउविजन लोप हुने अवस्था छ त्यसलाई संरक्षण गर्ने काम गर्छ । थोरै ठाउँमा धेरै उत्पादन गर्ने काम गर्छ । आधुनिकीकरण पनि गर्छ । यसले कृषि र टुरिजमलाई जोड्ने काम पनि गर्छ । कृषि पेशालाई सम्मानित, व्यवसायिक पेशा बनाउने काम गर्छ । कृषकहरुको पनि आफ्नै गाडी चढेर हिँडने गरी आर्थिक अवस्थामा सुधार ल्याउँने हाम्रो अभियान हो । यसले लाखौंको सङख्यामा रोजगारी सिर्जना गर्छ ।

 

यस बैकलाई पूँजीगत रुपमा सरकारको पनि योगदान छ कि?

 

अहिले सरकारको लगानी छैन । प्राइभेट सेक्टरको मात्र लगानी छ । काम गर्दै जाँदा सबैसँग सहकार्य गर्दै जान्छौं ।

 

कति जनाको कार्यसमिति छ ?

 

यो एघार जनाको हुन्छ । पब्लिक लिमिटेडको कम्पनी नियमअनुसार सञ्चालन हुन्छ । हाल ७ जनाको कमिटी छ । हामीसँग अत्यन्तै विज्ञहरुको समूह छ । कृषिका विज्ञहरु हुनुहुन्छ । सबै विषयमा पिएचडी गर्नुभएका डाक्टरहरुको समूह छ । इजरायल, जापान, जर्मन गएर सिकेर आउनु भएका विज्ञहरु हुनुहुन्छ । विएसीएजी गरेका विज्ञहरु हुनुहुन्छ । सबै भन्दा माथि हामीलाई गाइड गर्ने टिम छ । यसका अलावा दुई सय जनाको अर्को एउटा विज्ञहरुको टिम छ । सबै प्रकारको टिमले उत्पादनका काममा सरिक हुनेगरी कार्यक्रम, योजना बनाएर लागिरहनु भएको छ । केही समय पछि नै यसको प्रतिफल देखिन्छ । कृषिको लागि यो नयाँआयामहो, नयाँक्रान्ति, नयाँकामहो । जसले उत्पादन गर्छ उसैले उपभोक्ता सम्म पु¥याउँछ । बाँझो बसेकाजग्गामाउत्पादन शुरु हुन्छ । समृद्धि ल्याउने काम बैंकले गर्छ ।

 

यस बैकले अरु के के गर्छ ?

 

खाने कुरामा जुन खालको विशाक्क्त छ । त्यसलाई रोक्न यस बैकको प्रयास हुन्छ । त्यसैगरी बैकले सम्र्पूण प्रकारको खाधन्य, गेडागुडी, हरिया तरकारी, दुध, अण्डा, माछामासु, फलफुल, जडिवुटी, चिया आदि उत्पादनगर्ने र उपभोक्तासम्म पुर्याउने काम गर्छ । त्यस्तै यस बैंकले कृषि अनुसन्धानपनि गर्छ । जसकालागिहामीले टीम नै खडा गरिसकेका छौ । आधुनिक र अर्गानिक कृषि उत्पादनमा हाम्रो जोड रहन्छ ।

 

अन्त्यमा, यस बैंकले आफ्ना उदेश्य प्राप्तिका लागि अरुसँग पनि सहकार्य गर्दै अघि बढ्छ ?

 

खासगरी हामी सहकार्यमा नै अधारित भएर नै काम गर्छौ । कृषिकार्यमालागिरहेका कृषिकम्पनीहरु, कृषि सहकारीहरु, कृषि संघसस्थाहरु, गैरसरकारी संघसस्थाहरुसँग उत्पादन र बजारिक सम्बन्धमा सहकार्य गर्दै अघि बढ्छौं ।

 

Source:

सम्बन्धित पोस्टहरू