आवेदन फारम

नेपालको आर्थिक बर्ष २०८०-८१ को बजेट वक्तब्यमा रहेको कृषिसँग सम्बन्धित मुख्य बुँदाहरु

  • राष्ट्रिय खाद्य बैंक लिमिटेड
  • २०८० साउन ३
नेपालको आर्थिक बर्ष २०८०-८१ को बजेट वक्तब्यमा रहेको कृषिसँग सम्बन्धित मुख्य बुँदाहरु

कुल बजेट- १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख ( गत आर्थिक वर्ष- १७ खर्ब ९३ अर्ब ८३ करोड ६३ लाख) |

कृषि तथा पशुपन्छी क्षेत्रको बिकाशको लागि ५८ अर्ब ९८ करोड रकम विनियोजन (गत आर्थिक बर्ष – ५५ अर्ब ५७ करोड) |

कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकारण, कृषि उपजको भण्डारण र बजारीकरणको प्रबन्ध गरिने |

खाद्य तथा पोषण सुरक्षालाइ उच्च प्राथिमकता दिई कार्यक्रम संचालन गर्ने |

उत्पादन साथमा, अनुदान हातमा भन्ने नाराका साथ सबै प्रकारका अनुदान प्रणालीलाई उत्पादनमा आधारित बनाइने| तथा अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाईने |

प्रधानमन्त्री कृषि परियोजनाका लाई- ३ अर्ब २२ करोड विनियोजन | यस अन्तर्गत: 

१. १६वटा सुपरजोन 

२. १७७ वटा जोनमा प्रबिधि बिस्तार

३. ६६० ब्लक प्रदेशमा संचालन 

४. १०५३ पकेट क्षेत्रमा कार्यक्रम संचालन

गुणस्तरीय बीउ बिजनको अनुसन्धान तथा उत्पादन गरिने | किसानले खरिद गरेमा ५०% अनुदान पाउने, त्यसका लागि ४० करोड विनियोजन |

रासायनिक मल अनुदान दिन ३० अर्ब विनियोजन |

खेतबारीमा प्राबिधिक सेवा, उत्पादनमा टेवा नाराका साथ हरेक तहमा कृषि स्नातक जनशक्ति व्यवस्थापन गरिने, ४७ करोड विनियोजन गरिएको |

Hybrid धान र चैते धान खेतिको विस्तार गरिने | र प्राकृतिक खेतिको प्रबर्धन गरिने |

उखु उत्पादन खर्च- ८० करोड विनियोजन |

कृषि एवं पशुजन्य व्यवसायमा युवा स्टार्ट उप अनुदान कार्यक्रमको लागि- १ अर्ब २० करोड विनियोजन |

सामुहि खेति गर्न ३० करोड विनियोजन |

बालि तथा पशुधन बिमाको प्रिमियम अनुदान उपलब्ध गराउन- ९५ करोड विनियोजन |