आवेदन फारम

नेपालमा वि. स २०७९ सालमा अहिले सम्म भैसकेको धान रोपाइँको विवरण

  • राष्ट्रिय खाद्य बैंक लिमिटेड | दिगो कृषि उत्पादन हाम्रो अभियान
  • २०७९ भदौ ५
नेपालमा वि. स २०७९ सालमा अहिले सम्म भैसकेको धान रोपाइँको विवरण

नेपालमा वि. स २०७९ सालमा अहिले सम्म भैसकेको धान रोपाइँको विवरण

२०७९ साल श्रावन १२ गते कृषि बिभागद्वारा प्रकाशन गरेको धान रोपाईंको विवरण अनुसार:

प्रदेश १ मा ८८.४ %

मधेश प्रदेशमा ८१.९ %

बागमती प्रदेश मा ८७.८ %

गण्डकी प्रदेशमा ९१.८ %

लुम्बिनी प्रदेशमा ८४.८ %

कर्णाली प्रदेशमा ७८.३ %

सुदुरपस्चिम प्रदेशमा ९२ .८ % रोपाई सकिएको छ |

गत बर्ष यो बेला सम्म ९५ % रोपाई भैसकेको थियो | 

प्रदेशको नाम 

धान रोपाई हुने क्षेत्रफल (हे.) 

धान रोपेको क्षेत्रफल  (हे.)

रोपेको प्रतिशत 

प्रदेश १

३४०,८२९

२९९,९२९

८८.४%

मधेश प्रदेश

४०५,४५०

३६०,८५०

८१.९%

बागमती प्रदेश

१२०,५६९

११२,१२९

८७.८%

गण्डकी प्रदेश

१००,३१०

९६,२९७

९१.८%

लुम्बिनी प्रदेश

३२०,२७५

२७२,२३३

८४.८%

कर्णाली प्रदेश

३८,८८६

३०,३३१

७८.३%

सुदुरपस्चिम प्रदेश

१७८,१६७

१७६,७४१

९२.८%

कुल जम्मा 

१५०४,४८६

१२९८,९३५

८६.३%


रुस–युक्रेन युद्धका कारण कृषिमा असर

१. युद्ध पहिले, युक्रेन विस्वव्यापी रुपमा:

-खाने तेल निर्यातमा १ न.

-जौ, मकै निर्यातमा ३ न.

-गहुँ निर्यातमा ५ न. मा पर्द थियो 

(३६ विकासशील राष्ट्रले युक्रेन बाट गहुँ, मकै, खाने तेल निर्यात गर्दै आएको, युक्रेनले बिस्वको ४० करोड मानिसलाई पुग्ने खाद्यन आपूर्ति गर्दै आएको | )

(अहिले युद्धको क्रममा युक्रेनको खेतीयोग्य जमिनको झन्डै ३०% मा युद्ध भैरहेको, रुसको कब्जामा रहेको | )

(अहिले पनि रुसी नौसेनाले युक्रेन बाट निर्यात हुने खाद्य बस्तु बन्दर्गहामा रोकी रहेको |) 

२. २०१६-२० सम्म, रुस + युक्रेनले विस्वव्यापार हुने : 

-गहुँको २५%

-मकैको १५%

-खाने तेल (सूर्यमुखी) को ६०% आपूर्ति गर्दै आएको |

२. रुस + बेलारुसले विस्वभरको रासायनिक मल को ३०% निर्यात गर्दै आएको, अहिले मूल्य गत बर्षको भन्दा दोब्बर बढी भएको | (रुस विस्व मल उत्पादन तथा निर्यात मा ३ न. मा पर्दछ) |

३. युक्रेनमा रुसको आक्रमण पछि मस्कोले पनिं मल निर्यातमा  रोक्ने निर्णय लिएको |

४. युद्धले नेपाल जस्ता दक्षिण एशियाका मुलुकहरुमा पनि प्रभाव परेको |

५. रासायनिक मलको अभाव, इन्धनको मूल्य बढे संगसंगै यातायात, खाद्य पदार्थ लगायतका सबै सामग्रीको मूल्य बृधि भएको |

६. भारतले पनि विस्वा बजारमा गहुँको मूल्य बढे संगै गहुँ निर्यात मा प्रतिबन्ध लगाएको ( direct असर नेपाललाइ पर्ने) |

 

Written By: Mr. Akhanda Pachhaldangiya