आवेदन फारम

आर्थिक वर्ष २०७९-८०, नेपालको बजेट: कृषिसँग सम्बन्धित मुख्य बुँदाहरू

  • राष्ट्रिय खाद्य बैंक लिमिटेड
  • २०७९ असार १६
आर्थिक वर्ष २०७९-८०, नेपालको बजेट: कृषिसँग सम्बन्धित मुख्य बुँदाहरू

कृषि तथा पशुपन्छी क्षेत्रको बिकाशको लागि ५५ अर्ब ५७ करोड रकम विनियोजन (गत आर्थिक बर्ष – ४५ अर्ब ९ करोड)

आ. व २०७९-८० लाइ कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष चलाइने (कृषि क्षेत्रको रुपान्तरण र गरिबी निवारण)

आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम संचालन गरिने, जस अन्तर्गत उत्पादन बढाउने, कृषि क्षेत्रको व्यावसायीकरण, यन्त्रीकरण र आधुनिकरण गर्ने, सोहि कार्यक्रमको लागी रु १० अर्ब विनियोजन

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजन लो लागि रु ५ अर्ब ९० करोड को विनियोजन

किसानसंग सरकार कार्यक्रम लागु गर्ने – सो अन्तर्गत किसान पेन्सन योजना सुरुवात गर्ने, बिउ पुंजी एक अर्ब छुट्याइएको (किसानले जम्मा गरेको रकमको १०% सरकारले जम्मा गरिदिने)

कृषि कर्जाको लागि लघुवित्त मार्फत ५ खर्ब बराबर बेबस्था गरिने

प्रतेक स्थानिय तह र वडामा कृषि प्राबिधिक (कृषि विज्ञ)को उपलब्ध गराउने

कृषि उत्पादन धुवानिंका लागि कृषि Ambulance व्यवस्था गरिने

 धान, मकै, गहुँ र तरकारीको आयात ३०% ले घटाइने, ५ वर्ष भित्र आत्मनिर्भर गराउने

मल खरिदका लागि १५ अर्ब विनियोजन

खाद्यान्न भण्डारण को लागि १०० सामुदाइक खाद्य गोदाम घर निर्माण गरिने, ४५ करोड बिनियोजन

२०७९ लाइ कृषि जैविक बिबिधता बर्षको रुपमा मनाइने, सरकारले पशु बिमाको ८०% प्रिमियम तिरिदिने (७६ करोड रुपैया विनियोजन), यस अघि सरकारले ७०% तिर्दै आएको