आवेदन फारम

कृषिमा कोभिड -१९ को प्रभाव

  • राष्ट्रिय खाद्य बैंक लिमिटेड
  • २०७८ पुस २२
कृषिमा कोभिड -१९ को प्रभाव

विस्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पहिलो पल्ट ३१ डीसेम्बेर, २०१९ मा चीन राष्ट्रको वुहान नामक सहरमा देखिएको थियो| चीन बाट सुरु भएको भाइरस केहि समयमै संसारभरी फैलिन सफल रह्यो जसले गर्दा संसारभरि नै भयबिहित अवस्था सृजन गर्यो र सबैको जीवन जोखिममा पार्यो| सुरु भएको केहि समयमै यस भाइरसको कारण लाखौ मानिसले ज्यान गुमाउन परेको थियो| यस भाइरसले स्वाथ्य संगसंगै अन्य सबै क्षेत्रलाई असर पार्यो, ती मध्य कृषि पनि एउटा यस्तो क्षेत्रमा पर्छ जसलाई धेरै असर पारेको देखिन्छ जसले गर्दा भोकमरी र गरिबीको अवस्था निम्त्याउन पुग्यो खासगरी गरिब र खाध्य परनिर्भरता देशहरुमा|

त्यसैगरी, नेपाल सरकारले पनि कोरोना भाइरसले निम्त्याउन सक्ने स्वाथ्य समस्या र सामाजिक दुरी कायम गर्न वि.स २०७७ चैत्र २० बाट देशभर लकडाउनको घोसणा गर्यो| लकडाउन सुरु भए लगतै सबै क्षेत्र प्रभावित हुन पुग्यो, खासगरी नेपालको स्वाथ्य र कृषि क्षेत्रमा| 

नेपाल, खाध्यान्न सामग्रीको लागि छिमेकि राष्ट्र भारतप्रति धेरै मात्रामा निर्भर छ तर कोरोना महामारीको समयमा नाकाबन्दी भएको कारण कृषि सामग्री आउन पाएन| परिणाम, नेपालमा खाध्यान्न सामग्रीको अभाव|

लकडाउनको कारण कृषि उत्पादनको लागि ठुलो मात्रमा आवस्यक पर्ने कृषि सामग्रीहरु जस्तै, बीउविजन, मल (रासायनिक र प्रारांगिक), सिचाइ सामग्री, किटनासक,जनावरको लागि चाहिने दानापानी भारतबाट नआएपछि खाध्या सामग्री उत्पादनमा प्रभाव परेको देखियो| जसकारण, व्यवसायिक रुपमा कृषि पेसामा लागिरहेको र गाईबस्तु तथा कुखुरापालन गरिरहेको किसान वर्गहरुमा धेरै ठुलो क्षति नोक्सानी र असर परेको देख्न सकिन्छ| तर परम्परागत रुपमा निर्वाह खेति (Traditional Subsistence Farming) गर्दै आएका साना तथा मझेउला किसान वर्गहरुमा उत्पादनका लागि आवश्यक सामग्रीहरु घरै पहिलेको वर्षहरुको उपलब्ध हुनेभएको कारणले कममात्रामा असर परेको देखिन्छ । 

देसभर यातायात निषेध भए लगतै उतापादित सामग्रीहरु कृषि फार्म र खेतमै रह्यो र केहि समयमा कुहिएर खेर जानपुग्यो| बजारसम्म पनि लग्न नमिल्ने\नपाउने अवस्था भएपछि किसानहरू आक्रोशित भएर उत्पादित सामग्रीहरु जस्तै हरियो सागसब्जी, आलु, टमाटर, दुधदहि सडकमा फाल्न बाध्य भए| लकडाउनको समयमा खेतमा लागाइएको धान र गहुबालिको कटाइमा पनि केहि हदसम्म समस्या देखापर्यो किनकि कटाईमा आवस्यक मानव श्रमको अभाव र कटाईका लागि प्रयोग गरिने मेसिनहरु जस्तै combined harvester का चालकहरु भारतबाट नेपाल आउने गरेका छन्| किसानवर्गले उतपादनको लागि आवस्यक समान किन्न र उत्पादित सामग्री बेच्न पाएनन्| उत्पादित समान बिक्रि गर्न नपाएपछि साना तथा गरिब किसानलाई नै आवस्यक सामग्री जस्तै नुन, तेल, औसधि किन्न चाहिने रकमको अभाव भयो र उनीहरु पनि मर्कामा परे| जसकारण किसानहरुलाई नै भोकभोकै बस्न पर्ने अवस्था उत्पन्न भयो| नेपालमा, गरिब तथा किसान परिवारमा कोरोनाको भन्दा बढी त्रास भोकमरीको पाइयो|

उत्पादित सामग्री, आवस्यक ठाउँमा समयमै नपुगेपछि जनजीवनमा धेरै ठुलो असर पर्न गयो| पत्रपत्रिकामा प्रकाशित समाचारको अनुसार कर्णाली प्रदेशको जनजीवनमा अरु प्रदेशको भन्दा धेरै प्रभाव परेको देखियो| त्यहाँ भएका खाध्य स्टोरहरुमा लकडाउन सुरु भए लगतै यातायात निषेधका कारण खाध्य सामग्रीको अभाव हुनपुग्यो जस्ले गर्दा त्यहाँका बासिन्दालाई भोकभोकै बस्न पर्ने भयो| 

लकडाउनको समयमा  कृषि उध्योगहरु हुन पनि बन्द भए र रोजगारीको अवसर पनि बन्द भयो| उध्योगमा श्रम गरिरहेका आधा भन्दा बढी काम बिहिन हुन पुगे जसकारण उनीहरुको आयस्रोतको बाटो रहेन| किसानहरुले कृषिको लागि भनि बैंक तथा वित्तीयसंस्थाहरुबाट लिएको ऋण र त्यसबाट उत्पन्न हुने ब्याज, कृषि सामग्री उत्पादन गर्न र उत्पादित सामग्री बिक्रि वितरण गर्न नपाउदा तिर्न मर्का पर्यो र सरकारबाट पनि साना किसानहरुको पक्षेमा आकस्मिक नीतिनियमहरु नबनेपछि उनीहरू गरिबीको तर्फ धकेलिन बाध्य भए|

केहि समय पशचात् लकडाउन खुकुलो भए संगसंगै नेपालमा फेरी पनि भारतबाट खाध्यान्न सामग्री भित्रिन सुरु भयो र सदाकोझैँ नेपाली किसानहरुले आफुले उतपादित समानको लागि बजारभाव पाएनन्| साधारणतया, नेपाली कृषि सामग्रीले भारतबाट सस्तो मूल्यमा आएको सामग्रीसंग बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् |

लकडाउन सुरु भए लगतै सबैजना भयविहित अवस्थमा घरै बसेका थिए| तर सुरु भएको केहि समय पश्चात मानिसहरुले घरमा बिताइरहेको खाली समयलाई सदुपयोग गर्ने उदेश्यले अरु क्रियाकलाप संगसंगै कृषि क्षेत्रमा पनि रुची देखाउदै गए| खेतबारी भएकाहरुले बारीमा गोडमेल गरि तिउनतरकरी लगाउन थाले र बारी नभएकाहरुले चाहिँ कौसी खेति गरि घरमा आवस्यक तरकारी उत्पादन गरे| नेपाल बाहिर बस्दै गरेका नेपालीहरुपनि बिस्तारै-बिस्तारै नेपाल फर्किए र उनीहरुको कृषि तर्फ आकर्षण देखियो| आर्थिक श्रोतको सबै आयाम बन्द भएकाले र आफ्नै केहि गर्न पर्छ भन्ने उदेश्यले बाहिर देशबाट आएका नेपालीहरुले कृषि व्यवसाय जस्तै गाइभैसी पालन, कुखुरा पालन, माछा पालन, सुँगुर पालन, केरा खेति, बेसार खेति, च्याउ उत्पादन आदि जस्ता कार्यहरु गरि जीविकोपार्जन गर्न लागे| 

तय्सैगरि, प्रदेश-५ ले पहिलोपल्ट कृषि यम्बुलेन्सको सुरुवात गर्यो| र अरु ठाउँमा पनि गरिब तथा अशाहय परिवारको लाई निसुल्क खाध्य सामग्री बिक्रि वितरण गरियो|                                                            

 कोरोना जस्तो महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले अज्ञात भविस्यको लागि खाध्य उत्पादनमा सक्दो उपायहरु अपनाउन आवस्यक देखिन्छ र कृषि क्षेत्रको लागि ठुलो मात्रामा अनुदानको बेवस्ता गर्न जरुरि देखिन्छ| लकडाउनको समयमा भारतबाट खाध्या सामग्री नआउदा नेपालका साना किसानहरुले गरेको सक्दो प्रयासहरुलाई बेवास्ता नगर्न र उनीहरुको क्षमतालाइ महसुस गर्न आवश्यक देखिन्छ| गरिब परिवारका लागि भनि छुत्याइएको खाध्य सामग्री उनीहरु कहाँ नपुगी अरुले नै फाइदा लिएको हुदा तेस्ता व्यक्तीहरुलाई कडा भ

न्दा कडा सजायको नियम बनाउन आवस्यक देखिन्छ| देशमा रोजगारीको अवसर नपाएर विदेश पलायन हुने र खाडी मुलुक जाने युवा जनसक्तिलाई नेपालमै कृषि क्षेत्रमा सुबर्ण अवसर सृजन गर्दा देश प्रगतिको पथमा चल्ने र कृषिमा आत्मनिर्भर हुनसकिने बिशाल सम्भावना देखिन्छ|

 

 अखण्ड पछलडङ्गीया (Agri Intern)

राष्ट्रिय खाद्य बैंक, बानेश्वोर काठमाडौँ