आवेदन फारम

फ्यूचर स्मार्ट क्रप्स प्रदर्शनी

  • Rastriya khadya bank
  • २०८० पुस २९
फ्यूचर स्मार्ट क्रप्स प्रदर्शनी

यहि मिति २०८० पौष २६ गते बिहिबार, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र एफ.ए.ओ. नेपालको संयुक्त आयोजनामा रैथाने बालीको प्रवर्द्धन गर्ने उद्देश्यले फ्यूचर स्मार्ट क्रप्स प्रदर्शनी गरेको थियो | राष्ट्रिय खाद्य बैंक लिमिटेड लगायत विभिन्न संघ संस्थाहरुलाई पनि सहभागिता हुने अवसर प्राप्त भएको थियो | माननीय मन्त्री डा. बेदुराम भुसाल ज्यू, एफ.ए.ओ. का महानिर्देशक, डा. क्यू डोङयु ज्यूले नवप्रवर्तनशील जलवायु-उत्थानशील बालीहरू र नेपालका अत्याधुनिक कृषि प्रविधिहरू प्रस्तुत गर्ने विविध स्टलहरू अवलोकन गर्नु भएको थियो | यस प्रदर्शनीले स्थानीय किसान, उद्यमी र अन्वेषकहरू लगायत विभिन्न सरोकारवालाहरूलाई जलवायु-स्मार्ट बालीका प्रजातिहरूदेखि सटीक खेती प्रविधिहरूसम्मका नवीन पहलहरू प्रस्तुत गर्न गतिशील प्लेटफर्म प्रदान गरेको थियो |

सम्बन्धित पोस्टहरू