खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा राष्ट्रिय खाध्य बैंकको बिधिवत रुपमा युवराज रिजालको सयोजकत्वमा इन्दिरा पोखरेल ढकाल ज्यू, गोपाल आचार्य ज्यू सदस्य र सल्लाहकारहरुमा बिष्णु कुमार राइ ज्यू, रमेश कुमार पौडेल ज्यू, राजन आचार्य ज्यू, राम प्रसाद दगांल ज्यू रहनु भएको शाखा सम्पर्क कार्यालयको सुभारम्भ भयो। सो कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति श्री बिष्णु कुमार राई ज्यू, ने.क.पा. एमाले केन्द्रिय सदस्य श्री रमेश कुमार पौडेल ज्यू, ने.क.पा. माओवादी केन्द्रका जिल्ला अध्यक्ष श्री दिपक पाण्डे ज्यू लगायत खाद्य बैंकका सुभचिन्तक, स्थानीय समुह र कृषकहरुको ठुलो सहभागीतामा राष्ट्रिय खाध्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती ज्यू, सल्लाहकार श्री पुष्पराम के.सि. ज्यू, आयात निर्यात प्रमुख श्री राम शरण देउजा ज्यू, जन सम्पर्क अधिकारी एंव खोटाङ सम्पर्क व्यक्ती श्री कमल ढकाल ज्यू, सम्पर्क समन्वय समिति संयोजक श्री हरिकृष्ण दाहाल ज्यू समेतको सहभागितामा भब्य रुपले साखा सम्पर्क कार्यालय स्थापना कार्यक्रम सम्पन्न भयो । यसको लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउनु हुने सबै प्रती राष्ट्रिय खाद्य बैंकको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।