आवेदन फारम

कोरियन ब्यापारी र राष्ट्रिय खाद्य बैंक लि. बीच सम्झौता कार्यक्रम

  • Rastriya khadya bank
  • २०७९ साउन ५
कोरियन ब्यापारी र राष्ट्रिय खाद्य बैंक लि. बीच सम्झौता कार्यक्रम

कार्यक्रम प्रतिबेदन

मिति:-२०७९/०३/३१

स्थान: राष्ट्रिय  खाद्य  बैंक लि.प्रधान कार्यालय,नयाँ बानेश्वर,काठमाण्डौ

समय: दिउँसोको २ बजे  देखी ३:३० बजेसम्म

राष्ट्रिय खाद्य बैंक लि.ले कोरियन ब्यापारी समुदायको सक्रिय व्यक्ति श्री कि च्ह्योल क्वोंन  लाई आफ्ना बिभिन्न कृषि जन्य कार्यक्रमहरु मार्फत, नेपालको कृषि व्यवसायमा स्वागत गरेकोछ |  क्वोंन कोरियाका निजि क्षेत्र  हरुमा अर्थ व्यबस्थापन सम्बन्धी कार्यमा मुख्य भूमिका खेल्दै आइरहनुभएको छ | राष्ट्रिय खाद्य बैंक लि. का कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेती र कोरियन ब्यापारी  श्री कि च्ह्योल क्वोंन बीच भाषा अनुवादक को सहायतामा कृषि जन्य बिभिन्न विषयमा छलफल भएको थियो|

कार्यक्रमको सुरुवात राष्ट्रिय खाद्य बैंक लि.का कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेतीले बैंकको बारेमा बिस्तृत  जानकारी दिनुभए सँगै सुरु भएको थियो | उहाँले नेपाललाई  कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनको लागि दिगो रुपमा कृषि जन्य उपजहरु उत्पादन गर्नु पर्ने हुदाँ, सो कार्यका लागी  यस खाद्य  बैंकलाई दरिलो साझेदार को आबश्यकता रहेको हुनाले कोरियन टिमको  साथ सहयोग  हुदाँ कृषि क्षेत्र मा झन् धेरै काम गर्न सकिने बताउनुभयो | उहाँले नेपालमा प्रांगारिक मल उद्योगको बृहत सम्भावना रहेको औल्याउदै सो क्षेत्रमा कामको सुरुवात गर्नको लागि आबश्यक प्रबिधि र अर्थ व्यवस्थापन  समेत गरिदिनुहुन यसै कार्यक्रम मार्फत अनुरोध गर्नुभयो |

कोरियन ब्यापारी  क्वोंन  ले यस कार्यक्रममा आफ्ना बिबिध जिज्ञासाहरु समेत राख्नु भएको थियो | जस्तै    कुन ठाउँको माटोमा कस्तो खालको किरा लाग्छ ? त्यस किराको फोटो खिचेर पठाएमा उक्त ठाउँको किराको जात अनुसार मल बनाउन सकिने  र माटो सुहाउँदो मल प्रयोग गर्दा उत्पादन बढ्ने बताउनु भयो |   उक्त जिज्ञाशाको उत्तरमा खाद्य बैंकका वनस्पति विज्ञ डा. मोहन प्रसाद पन्थीले नाइट्रोजन,पोटास,फोस्फोरस आदि लाई  प्रतिस्थापन  गर्ने खालको मल चाहिने कुरा ब्यक्त गर्नु भयो | 

कोरियन ब्यापारी क्वोंन  ले अर्को महिना प्राबिधिक र विज्ञहरुसहित लिएर आई राष्ट्रिय खाद्य बैंकमा ज्ञान, सीप, अर्थ, साथै प्रविधिको  लगानी गर्ने कुरा बताउनुभयो | उहाँले RKBL का गतिविधिहरु प्रोजेक्टर मार्फत ध्यान पुर्बक नियाल्दै आफुलाई लागेका प्रश्न र जिज्ञासाहरु राख्नु भयो | कार्यक्रमको अन्त्यमा समझादारी पत्र (MOU) मा कोरियन ब्यापारी श्री कि च्ह्योल क्वोंन र राष्ट्रिय खाद्य बैंकका तर्फ बाट कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेतीले हस्ताक्षर गरी औंठा छाप लगाउनु भयो |

उक्त कार्यक्रम अर्ध औपचारिक भएको थियो | कार्यक्रममा पत्रकारहरु (कृषि टि.भी र मिडिया स्कुल), कृषि विज्ञ, कृषि प्राबिधिक, RKBL का कर्मचारी गरी जम्मा २० जनाको उपस्थिति रहेको थियो | अन्त्यमा उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै बैंकका कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेतीले कार्यक्रम समापन भएको जानकारी  दिई केहि तस्विरहरु खिची कोरियन ब्यापारी र उहाँको अनुवादकलाई विदाई गर्नुभयो |

सम्बन्धित पोस्टहरू