आवेदन फारम
  • [email protected]
  • नयाँ बानेश्वर, काठमाडौँ , नेपाल

राष्ट्रिय खाद्य बैंक र राष्ट्रिय किसान आयोगको बीचमा भएको अन्तरक्रिया कार्यक्रम

  • Rastriya khadya bank
  • २०७९ ब‌ैशाख ७
राष्ट्रिय खाद्य बैंक र राष्ट्रिय किसान आयोगको बीचमा भएको अन्तरक्रिया कार्यक्रम

यस राष्ट्रिय खाद्य बैंक र राष्ट्रिय किसान आयोग सँग गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष श्री शंकरनाथ उप्रेती र BOD Team द्वारा आफुले कृषि क्षेत्रमा भोगेका र देखेका समस्याहरुलाई यस कार्यक्रम मार्फत राष्ट्रिय किसान आगोग सम्म आफ्ना कुराहरु पुर्याएको छ र यस्ता  समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा आफ्नो सुझावहरु यसै कार्यक्रम मार्फत यस राष्ट्रिय खाद्य बैंकले दिएको छ| हामीले दिएको सुझावहरुलाई टिप्पणी गर्दै राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगाल ज्यूले आफू पनि किसानी गर्दै हुर्केको हुनाले यस्ता समस्याहरु मिलेर समाधान गर्नुपर्छ र आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नेछौ भन्ने जस्ता कुराहरु यसै अन्तरक्रिया कार्यक्रममा बताउनु भएको छ |

नेपाललाई कृषि उपजमा आत्म निर्भर बनाउने, GDP मा योगदान पुर्याउने रोजगारी सृजनागर्ने, एग्रो टुरिजमलाई व्यापक गर्ने, बातावरणको संरक्षण गर्ने, इकोसिस्टमलाई जोगाउने, फुड एण्ड न्युटेसनलाई व्यापकरूपमा प्रचार प्रयास गर्ने, रैथानेबाली संरक्षण गर्ने, कृषि पेशालाई मर्यादित र सम्मानित पेशाको रुपमा विस्तर गर्ने लगायतका बिभिन्न उदेश्यका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक ले देखेको, भोगेको, कृषिमा देखिएका समस्याहरुलाई सम्बोधन गरियोस भनेर निम्न बुधाहरूलाई सुझावको रुपमा यसै अन्तरक्रिया मध्यमबाट पेश गरियो र हामीले दिएअनुसारका सुझाबहरुलाई सम्बंदित निकायबाट सम्बोधन हुनेछ भन्ने आशा व्यक्त गर्दछौ |

यस्ता जटिल समस्याका कुराहरु उठाउदै र भोलिका दिन मा किसानको छोरा मात्र किसान नभई अरु भावी पुस्ताहरु पनि किसानी क्षेत्र रोजी आफ्नो भविष्य र देशलाई किसानी क्षेत्रमा आघि बढाउन सहयोग पुर्याउनेछन्  भन्ने पनि हामीले आशा राखका छौँ |

सम्बन्धित पोस्टहरू