आवेदन फारम

राष्ट्रिय खाद्य बैंक लि. द्वारा R.K.B मार्टको संचालन

  • Rastriya khadya bank
  • २०७८ चैत २९
राष्ट्रिय खाद्य बैंक लि. द्वारा R.K.B मार्टको संचालन

मिति २०७८/१२/०५ गते बौद्द, तीनचुलीमा राष्ट्रिय खाद्य बैंक लि. ले अर्गानिक, तथा उत्पादनको बजारीकरण गर्न का निमित्त R.K.B मार्टको उद्घाटन गर्दै संचालनमा ल्याईएको छ | स्वदेशी स्थानीय - मौलिक कृषि उत्पादन तथा अर्गानिक वस्तुको प्रवर्दन गर्ने लक्ष्यका साथ उक्त मार्ट को सुरुवात गरीएको हो |

उक्त मार्ट उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सफल पर्वतारोही तथा कृषि पर्यटक अभियान्ता आदरणीय आंङ तेम्बा शेर्पा रहनु भएको थियो | राष्ट्रिय खाद्य बैंक संग साझेदारी गर्दै विभिन्न प्रोजेक्टमा संलग्न हुनु भएका वनस्पति विज्ञ प्रा.डा मोहन प्रसाद पन्थी तथा कृषि पर्यटन विज्ञ प्रो.डा. जीव नाथ धिताल को उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो | राष्ट्रिय खाद्य बैंक लि. द्वारा हाल देशका विभीन्न जिल्लाहरुमा उत्पादनको सुरुवात भईसकेको छ र सो उत्पादित वस्तुलाई यस खाद्य मार्ट बाट विक्री वितरण गर्ने तयारी गरेको छ |

सम्बन्धित पोस्टहरू