आवेदन फारम

झापामा गरिएको खेती

  • Rastriya khadya bank
  • २०७९ साउन ४
झापामा गरिएको खेती

झापा परियोजना अन्तर्गत, थप जग्गा भाडामा लिएर कृषि उत्पादन सम्बन्धि कार्यहरु गरियो | वैशाख महिनामा विजी धान रोपियो र मलहरु जैविक खाद, गोबर र सुली प्रयोग गरियो| त्यसैगरी विभिन्न संघ संस्था र विऊ ब्यापारीहरुसँग समन्वय गरेर गुणस्तरीय बिउ उचित मुल्यमा लिई बर्खे धानको बिउ राख्ने कार्य भयो धानको विउ स्वरूप निम्न लिखित धानहरु लगाईयो:

१) घिउपुरी 

२) अनधी

३) सर्ना

४) रञ्‍जित

५) बिबी

६) तेज्गोल्ड

७) कालो नुनिया 

८) रातो बासमती 

९) कालो टुन्डो

साथै जई घाँस, मकै लगायतका वालीहरु पनि उत्पादन गर्न यस राष्ट्रिय खाद्य बैंक, झापाको परियोजनामा रहेको छ र त्यस अन्तार्गतका कर्मचारीहरु लागि पर्नु भएको छ |

“नेपाल कृषि प्रधान देश भानिएता पनि मल को अभाव किसानहरुमा यथावत नै छ तर राष्ट्रिय खाद्य बैंकले पूर्ण रुपमा अर्गानिक खेती गर्न लागिरहेको हुनाले जैविक मललाई प्राथमिकता दिई प्रयोग गरिरहेको छ | यसको अलवा Rice Duck Farming बिधिबाट अपनाइने हाँसको सुली बाट उत्पादित मल प्रयोगमा ल्याइएकोछ |”  फाल्गुन, चैत्र, वैशाख महिनामा खडेरी लाग्ने, सिंचाईबाट पनि पानी धान्न नसक्ने र टाढा रहेका खेतमा पानी पुर्याउने समस्या भने यथावत नै छ |

सम्बन्धित पोस्टहरू