आवेदन फारम

राष्ट्रिय खाद्य बैंकले २०७८ सालको हिउँदमा बर्दियामा गरेको खेति

  • Rastriya khadya bank
  • २०७९ असार १६
राष्ट्रिय खाद्य बैंकले २०७८ सालको हिउँदमा बर्दियामा गरेको खेति

यस राष्ट्रिय खाद्य बैंक लि. को वर्दिया कृषि परियोजना अन्तर्गत २०७८ सालमा, वर्दिया जिल्लाको खैरिमा हिउँदे वालीको रुपमा गहुँ लगाईएको थियो | "Borlaug 2020" नामक गहुँ, डा. मदन भट्टको निर्देशन तथा निग्रानीमा उत्पादन गरीएको छ| बोर्लाग २०२०, वि.स २०७७ मा सिफारिस गरीएको गहुँको जात हो | यो गहूँ लगाएको १२० दिनमा पाक्ने गर्दछ | राष्ट्रिय खाद्य बैंक लि. द्वारा वर्दियामा पहिलो वर्ष यसै गहुँको खेति गरीएको थियो |

त्यसैगरी अर्को हिउँदे बालीको रुपमा तोरी लगाईएको थियो | स्थानीय जातको तोरीलाई नै प्राथमिकतामा राखी, सोहि तोरी को विउ छरिएको थियो | तोरी र गहुँ संगसंगै स्थानीय जातको कालो मासको खेति समेत खाद्य बैंकको बर्दिया स्थित कर्मचारीहरुले गर्नु भएको थियो |

 

सम्बन्धित पोस्टहरू