आवेदन फारम

गत वर्ष भन्दा बढी धान उत्पादन गर्ने बैंकको प्रतिब्धता

  • Rastriya khadya bank
  • २०७९ असार १२
गत वर्ष भन्दा बढी धान उत्पादन गर्ने बैंकको प्रतिब्धता

जेष्ठ-२६, २०७९                       

राष्ट्रिय खाद्य बैंक लि., बानेश्वोर

यो वर्ष पनि जेष्ठ महिना लागे संगै राष्ट्रिय खाद्य बैंकले आफ्नो प्रोजेक्ट क्षेत्रहरुमा धानको बिउ राख्न सुरु गरेको छ| बिगतको वर्ष भन्दा अगावै नै मनसून भित्रिए संगै बैंकद्वारा बिउ राख्ने तयारी गरिएको हो|

बर्दियाको खैरी स्थित RKB को साखा कार्यालयमा, यो वर्ष २ चरणमा धानको बिउ राख्ने तयारि गरिएको छ| बिउ राख्नु अगाडी खेतलाई राम्रो संग cultivator ले जोताई गरि गाईभैसीको सुकेको गोबर र कुखुराको सुली हालि खेतमा मिसाइएको छ| पहिलो चरणमा सामा मन्सुली, राधा -४, काला नामक र कालो चामल जस्ता धान को बिउ राखिएको छ भने दोश्रो चरणमा घिउपुरी, 1008 जस्ता धान को बिउ राखिएको छ|

वि. स. २०७८, बर्दिया शाखामा,पहिलो वर्षमै ३३२ क्विन्टल भन्दा बढी धान उत्पादन गरेको यस बैंकले यो वर्ष त्यो भन्दा बढी धान उत्पादन गर्ने बैंकले प्रतिब्धता लिएको बैंकको अध्यक्ष शंकर नाथ उप्रेतीले बताउनु भएको छ| यो वर्ष झन्डै २५ बिघा जमिनमा लोकल बासमती धान लगायत अन्य धान खेति गर्ने योजना रहेको उहाले बताउनु भएको छ|

देशैभर रासायनिक मलको चरम अभाव भैरहेको अवस्थामा बैंकको भने सक्दो जैविक खाद तथा गोबर मल मात्र प्रयोग गरि धान उत्पादन गर्ने, त्यसैगरि धानमा प्रयोग गर्न सकिने उचित बिधिहरु जस्तै अजोलाको प्रयोग, Rice cum Duck Cultivation अपनाउने योजना रहेको छ|

सम्बन्धित पोस्टहरू