आवेदन फारम

बर्दियामा अर्गानिक हाँस पालन

  • Rastriya khadya bank
  • २०७८ फाल्गुण ४
बर्दियामा अर्गानिक हाँस पालन

मुरली गोडिया, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ स्थीत खैरी गाँउमा अर्गानिक हाँस पाइने भएको छ । जापानिज प्रविधि अनुसार (राइस डक फार्मिङ्ग) धान भित्र हाँस चराई बजारमा पाईने दानाहरु नखुवाएर पालन गरिएका हाँसहरु अर्गानिक तयार भएका छन् ।

धानमै चर्ने, जैविक मल बनाउने र त्यसबाट धान अधिक मात्रामा उत्पादन हुने गरेको छ भने हाँसको मासु पनि बढी उत्पादन हुने गरेको छ । खाद्य वैंकले यो प्रविधी बाट नेपालमा पहिलो पटक गुलरियामा पाइलट प्रोजेक्टका रुपमा अन्नपातसँगै हाँस उत्पादन गरेको हो ।

जापानिज प्रविधी अनुसार पालिएका हाँस विक्री भइरहेका छन । उत्पादनका दृष्टिले हाँस राम्रो भएको भएपनि बजारी करणमा समस्या देखिएको छ । जस्का लागी राष्ट्रिय खाद्य बैंक शाखा गुलरियाका पाइलट प्रोजेक्टका संचालक छविलाल पाठक उक्त हाँसलाई खरिद गर्न आम उपभोक्ता संग आग्रह गर्नु भएको छ ।

सम्बन्धित पोस्टहरू