आवेदन फारम

राष्ट्रिय खाद्य बैंकको तेस्रो बृहत कृषि परियोजनाको उद्घाटन

  • Admin
  • २०७८ जेठ १६
राष्ट्रिय खाद्य बैंकको तेस्रो बृहत कृषि परियोजनाको उद्घाटन

काठमाडौं, जेठ १३ / ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २ अर्ब लगानीमा खुलेको राष्ट्रिय खाद्य बैंकको पोखराको हेमजामा तेस्रो बृहत कृषि परियोजनाको उद्घाटन गरिएको छ । स्थानीयहरुको उपस्थीतिमा सो परियोजनाको उद्घाटन गरिएको बैकका अध्यक्ष शंकर उप्रेतीले बताए ।

बैंकले अघिल्लो साता सोही स्थानमा आफ्नो शाखा कार्यालयको समेत विस्तार गरेको थियो । यसअघि खाद्य बैंकले बर्दिया र झापा जिल्लामा आफ्नो बृहत कृषि परियोजना उद्घाटन गर्नुका साथै सम्पर्क कार्यालयसमेत विस्तार गरेको थियो । झापा र बर्दियामा खाद्य बैंकले झण्डै २ सय विघा जग्गा लिजमा लिएर कृषिको काम थालिसकेको छ ।

तेश्रो कृषि परियोजना उद्घाटन गरिएको पोखरा हेमजामा बैंकले हाल तत्कालका लागि ३५ रोपनी जग्गा लिजमा लिएर पाइलट प्रोजेक्ट सुरु गरेको अध्यक्ष शंकर उप्रेतीले बताए । सो परियोजना अन्र्तगत खासगरी आलु उत्पादनमा जोड दिइने उप्रेतीले बताए । बैंकले थप ३ सय रोपनी जग्गामा किसानहरुसँग सहकार्य गरेर कृषि गरिने उनले बताए ।

स्थानीयहरुको अभुतपूर्व सहयोग र सक्रियतामै सो परियोजना अघि बढेको पनि अध्यक्ष उप्रेतीले बताए । अध्यक्ष उप्रेतिले भने‚ ‘हाम्रा यी परियोजनाहरु पाइलट प्रोजेक्टको रुपमा अघि बढाइनेछ । हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थीत खेती प्रणालीमा समाहीत गर्दै लैजान्छौ । साथै हाम्रै उत्पादन प्रणाली, मल–बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै वर्षबाट हामी खरिद पनि गर्छौं । ब्राडिङ गरेर यसै वर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याउछौं ।’

हेमजाबासीलाई राष्ट्रिय खाद्य बैंकले सुरु गरेको व्यवसायिक कृषि अभियान मन परेको र करिब ५ सय जनाले संस्थापक शेयर सदस्य बन्न तत्परता देखाएको पनि उप्रेतीले बताए । राष्ट्रिय खाद्य बैङ्कमा हालसम्म ५ सय ९० प्रमोटर शेयर सदस्य छन् ।

 

Source:

सम्बन्धित पोस्टहरू