आवेदन फारम

राष्ट्रिय खाद्य बैंक लि. को कर्णाली प्रदेश समिति गठन

  • Rastriya khadya bank
  • २०७८ चैत ९
राष्ट्रिय खाद्य बैंक लि. को कर्णाली प्रदेश समिति गठन

कर्णाली - सुर्खेत ।

राष्ट्रिय खाद्य बैङ्क लिमिटेडको कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको छ ।

सुर्खेतमा आज सम्पन्न भेलाले कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 

समितिमा पूर्णप्रसाद पौडेल, चन्द्र थानी, शान्ति सिंह, देवप्रसाद पौडेल, भीमसेन पुन, प्रेम शाही, दीपबहादुर महतारा, हेमन्त वली, तारा गिरी, निरक वली, पूर्णप्रसाद आचार्य र यज्ञ ढकाल सदस्य रहेका छन् ।

‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको खाद्य बैङ्कले छिट्टै प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने जनाएको छ ।

राष्ट्रिय  खाद्य बैंक लिमिटेड निर्वाचित संयोजक पद्म खड्काले किसानलाई आत्मनिर्भर बनाउन, अर्ग्यानिक र प्राकृतिक खानेकुरा उत्पादनलाई प्रोत्साहन गर्न, बीउ बिजन बैङ्क सञ्चालन गर्न, खाद्य तथा कृषि अनुसन्धानलाई जोड दिने उद्देश्यले कर्णालीमा खाद्य बैंक को  शाखा स्थापना भएको जानकारी दिए ।

सम्बन्धित पोस्टहरू